Trending
>>   राप्रपाको चियापानमा ओली, देउवा, नेपाल लगायतका नेताहरु सहभागी >>   प्रधानमन्त्री ओली र सभापति देउवा राप्रपा नेपालको चियापनमा सहभागी >>   एफएनसिसिआई र सिआईआईबीचको संयुक्त बैठक काठमाडौंमा सम्पन्न >>   देशलाई समृद्ध र जनतालाई सुखी बनाउनुपर्ने आवश्यकता छः माधवकुमार नेपाल >>   बलियो राष्ट्रवादी शक्ति निर्माण गरेरै छोड्छुः कमल थापा >>   संसद चाँडै शुरु हुन्छः सभामुख घिमिरे >>   नयाँ पुस्तालाई थप निराश बनाउनु हुँदैनः मन्त्री पाण्डे >>   मनाइयो पृथ्वीजयन्ती (तस्बिरहरु) >>   पृथ्वीजयन्तीमा आम सर्वसाधरण र नेताहरुद्वारा माल्यार्पण >>   राष्ट्रलाई समृद्ध बनाउन शिक्षा महत्वपूर्णः सभामुख घिमिरे
Logo
२७ पुष २०८१, शनिबार
२७ पुष २०८१, शनिबार

जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभइ विश्वव्यापी साझा मुद्दा होः अर्थमन्त्री पौडेल


काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभइ विश्वव्यापी साझा मुद्दा भएको बताएका छन्।

शनिवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताए । उनले यसका असरहरु आर्थिक, सामाजिक एवं पूर्वाधारका क्षेत्रमा समेत प्रष्ट रुपमा देखिँदै आएको बताउंदै उनले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि सबै मुलुकहरु मिलेर समाधानका प्रयासहरु गर्नुपर्ने बताएका छन् ।

उनले जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भुमिका नगण्य रहेको र नेपालले आफ्नो श्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्युनिकरण र अनुकुलनका लागि गरेको प्रयास महत्वपूर्ण रहेको बताएका छन् । आर्थिक वृद्धिको इन्जिनको रुपमा रहेको अन्तर्राष्ट्रिय व्यापारमा समेत जलवायु परिवर्तनले प्रतिकुल प्रभाव पारेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा आएको र आउनसक्ने चुनौतिलाई सामना गर्नेगरी क्लाइमेट स्मार्ट एग्रिकल्चरको प्रभावकारी कार्यान्वयनको रणनीति बढाउन आवश्यक रहेको बताएका छन् ।

जलवायु परिवर्तनले नेपालको प्रचुर सम्भावना भएको स्वच्छ उर्जाको उत्पादन, विकास एवं अन्तरक्षेत्रीय व्यापारमा समेत असर पार्ने भएकाले असर न्युनिकरणमा अन्तर्राष्ट्रिय साझेदारी र सहयोग महत्वपूर्ण रहेको बताउंदै उनले व्यापार संवद्ध पूर्वाधारमा नयाँ प्रविधिको प्रयोग गरी उत्थानशिल बनाउनेतर्फ थप क्रियाशिलता अवलम्वन गर्नुपर्ने आवश्यकता रहेको बताउंदै उनले जलवायुमैत्री विकास प्रक्रियामा थप प्रभावकारी प्रयास आवश्यक रहेको बताएका छन् ।

अर्थमन्त्री पौडेलले भने , ‘नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । र यसका असरहरु आर्थिक, सामाजिक एवं पूर्वाधारका क्षेत्रमा समेत प्रष्ट रुपमा देखिँदै आएको छ । यो मुद्दा कुनै मुलुक विशेषको भन्दा पनि विश्वव्यापी साझा मुद्दा हो । यसका लागि सबै मुलुकहरु मिलेर समाधानका प्रयासहरु गर्नुपर्छ भन्ने विषयमा नेपालले अन्तर्राष्ट्रियस्तरमा समेत निरन्तर आवाज उठाउँदै आएको छ । जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भुमिका नगण्य रहेको छ । यद्यपि नेपालले आफ्नो श्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्युनिकरण र अनुकुलनका लागि गरेको प्रयास महत्वपूर्ण छन् । आर्थिक वृद्धिको इन्जिनको रुपमा रहेको अन्तर्राष्ट्रिय व्यापारमा समेत जलवायु परिवर्तनले प्रतिकुल प्रभाव पारेको छ । अन्तर्राष्ट्रिय व्यापारको दिगोपनाको लागि जलवायु परिवर्तनका मुद्दाहरु सम्बोधन गर्ने सन्दर्भमा यस सम्मेलनले उपयोगी निस्कर्ष अघि सार्नेछ ।’

अर्थमन्त्री पौडेलले विश्व अर्थतन्त्रको महत्वपूर्ण हिस्साको रुमपा रहेको दक्षिण एशिया क्षेत्रमा आर्थिक वृद्धि र यसको दिगोपना तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनले चुनौति खडा गरेको बताउंदै उनले दक्षिण एशिया क्षेत्र भौगोलिक, आर्थिक एवं सामाजिक असमानताका हिसावले विविधतापूर्ण रहेको र जनसंख्याको ठूलो हिस्सा गरिबीको रेखामुनी रहेको अवस्थामा जलवायु परिवर्तनको प्रभावले झनै ठूलो आर्थिक एवं सामाजिक विषमता सिर्जना गर्नसक्नेतर्फ सबै सजग हुनुपर्ने बताए ।


प्रकाशित मिति: २७ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?