Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

देशलाई समृद्ध र जनतालाई सुखी बनाउनुपर्ने आवश्यकता छः माधवकुमार नेपाल


काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई समृद्ध र जनतालाई सुखी बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

शनिवार पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको अवसरमा आयोजित जलपान समारोहमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आजको दिन सिंगो नेपालीहरु र सिंगो राष्ट्रको निम्ति पनि गौरवको दिन भएको उल्लेख गरेका छन् । उनले आधुनिक नेपालको निर्माता, आधुनिक नेपाल एकीकरण गर्ने अभियन्ता पृथ्वीनारायाण शाह नेपाल आमाको असल सन्तती, असल योद्धा भएको बताउदै उनले पृथ्वीनारायाण शाह राष्ट्रको साझा सम्पती भएको बताए । उनले नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्रको परराष्ट्रनीतिका आधारहरु अघि सार्ने व्यक्तित्व रहेको पनि बताए ।

अध्यक्ष नेपालले भने, ‘यो सिंगै नेपालीहरुको र सिंगो राष्ट्रको निम्ति पनि गौरवको दिन हो । यो दिन आफैँमा पनि गौरवको दिन हो । आधुनिक नेपालको निर्माता, आधुनिक नेपाल एकीकरण गर्ने अभियन्ता पृथ्वीनारायाण शाह नेपाल आमाको असल सन्तती, असल योद्धा हो । जसले इतिहास रच्नुभयो । उहाँ सबैको साझा सम्पती हो । हामी सबैले उहाँलाई सम्मान गर्नुपर्छ, उहाँको वीरताको प्रशंसा गर्नुपर्छ । नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्रको परराष्ट्रनीतिका आधारहरु अघि सार्ने व्यक्तित्व हुनुहुन्छ । नेपाल राष्ट्रलाई माया गर्नुपर्ने, देशलाई एकतावद्ध बनाउनुपर्ने आवश्यकता छ । देशको गौरवगाथालाई माथि उठाउनुपर्ने आवश्यकता छ । देशलाई समृद्ध र जनतालाई सुखी बनाउनुपर्ने आवश्यकता छ । पृथ्वीनारायण शाहको दिव्योपदेश जति प्रचार हुनुपर्ने हो त्यो हुन सकेको छैन ।’

अध्यक्ष नेपालले पृथ्वीनारायण शाहको दिव्योपदेश हुनुपर्ने जति प्रचार गर्न नसकेको बताएका छन् ।


प्रकाशित मिति: २७ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?