Trending
>>   आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर अघि बढेका छौँः स्वास्थ्यमन्त्री पौडेल >>   टर्कीद्वारा पाकिस्तानमा हतियार पठाएको आरोप अस्वीकार गर्दै भारत–पाकिस्तानलाई संयमताको लागि आग्रह >>   स्पेनमा बिजुली अवरुद्ध हुँदा ७ जनाको मृत्यु >>   राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्धः प्रधानमन्त्री ओली >>   आज अक्षय तृतीयाः जौको सातु र सर्वत खाएर मनाइँदै >>   सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षउन्मुख >>   आज मिति २०८२ साल वैशाख १७ गते बुधबार ,हेर्नुहोस् आजको राशिफल >>   कांग्रेस महामन्त्री गगन थापासँग सर्वोच्चले माग्यो लिखित जवाफ >>   शंख किन बजाइन्छ? जान्नुहोस् धार्मिक र वैज्ञानिक कारणहरू >>   शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गर्न सरकार अनुदारः उपमहासचिव पुन
Logo
१७ बैशाख २०८२, बुधबार
१७ बैशाख २०८२, बुधबार

देशलाई समृद्ध र जनतालाई सुखी बनाउनुपर्ने आवश्यकता छः माधवकुमार नेपाल


काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई समृद्ध र जनतालाई सुखी बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

शनिवार पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको अवसरमा आयोजित जलपान समारोहमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आजको दिन सिंगो नेपालीहरु र सिंगो राष्ट्रको निम्ति पनि गौरवको दिन भएको उल्लेख गरेका छन् । उनले आधुनिक नेपालको निर्माता, आधुनिक नेपाल एकीकरण गर्ने अभियन्ता पृथ्वीनारायाण शाह नेपाल आमाको असल सन्तती, असल योद्धा भएको बताउदै उनले पृथ्वीनारायाण शाह राष्ट्रको साझा सम्पती भएको बताए । उनले नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्रको परराष्ट्रनीतिका आधारहरु अघि सार्ने व्यक्तित्व रहेको पनि बताए ।

अध्यक्ष नेपालले भने, ‘यो सिंगै नेपालीहरुको र सिंगो राष्ट्रको निम्ति पनि गौरवको दिन हो । यो दिन आफैँमा पनि गौरवको दिन हो । आधुनिक नेपालको निर्माता, आधुनिक नेपाल एकीकरण गर्ने अभियन्ता पृथ्वीनारायाण शाह नेपाल आमाको असल सन्तती, असल योद्धा हो । जसले इतिहास रच्नुभयो । उहाँ सबैको साझा सम्पती हो । हामी सबैले उहाँलाई सम्मान गर्नुपर्छ, उहाँको वीरताको प्रशंसा गर्नुपर्छ । नेपाल जस्तो भूपरिवेष्ठित राष्ट्रको परराष्ट्रनीतिका आधारहरु अघि सार्ने व्यक्तित्व हुनुहुन्छ । नेपाल राष्ट्रलाई माया गर्नुपर्ने, देशलाई एकतावद्ध बनाउनुपर्ने आवश्यकता छ । देशको गौरवगाथालाई माथि उठाउनुपर्ने आवश्यकता छ । देशलाई समृद्ध र जनतालाई सुखी बनाउनुपर्ने आवश्यकता छ । पृथ्वीनारायण शाहको दिव्योपदेश जति प्रचार हुनुपर्ने हो त्यो हुन सकेको छैन ।’

अध्यक्ष नेपालले पृथ्वीनारायण शाहको दिव्योपदेश हुनुपर्ने जति प्रचार गर्न नसकेको बताएका छन् ।


प्रकाशित मिति: २७ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?