Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

एफएनसिसिआई र सिआईआईबीचको संयुक्त बैठक काठमाडौंमा सम्पन्न


काठमाडौँ।नेपाल उद्योग वाणिज्य महासंघ र सिआईआईबीचको संयुक्त बैठक सम्पन्न भएको छ ।

नेपाल—भारत वाणिज्य सचिवस्तरीय बैठकको लागि काठमाडौं आएको सिआईआई प्रतिनिधि मण्डलसँग महासंघले दुई पक्षिय बैठक गरेको हो । दुई पक्षिय वार्तामा नेपालका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र भारतीय प्रतिनिधि मण्डलको नेतृत्व संयक्त मञ्चका सहअध्यक्ष सेन्थीलकुमाले गरेका थिए ।

दुई पक्षिय वार्तामा व्यवसायीहरुले व्यवसायिक वातावरण बनाउन आवश्यक काम गर्ने समझदारी बनाउन सरकारहरुलाई दबाब दिने निर्णय गरेका छन् । नेपाली व्यवसायीहरुले भन्सार बिन्दमा हुने गैरभन्सार कर र गतिविधि, नेपाली गुणस्तर चिन्ह प्राप्त वस्तु र सेवाले भरतमा निर्वाध काम गर्न पाउने व्यवस्था गर्न भारतीय सरकारलाई सुझाव दिन सिआइआई प्रतिनिधि मण्डललाई आग्रह गरेको छन् । नेपालमा लगानीको वातावरण राम्रो रहेको सन्देश भारतीय उद्योगी व्यवसायीहरुहरुलाई दिन पनि अनुरोध गरेका छन् ।

नेपालको प्रमुख शहर भैरहवा र पोखरालाई हवाई कनेक्टिभिटीमा जोड्न पहल गर्न आग्रह गरेको उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीले जानकारी दिएका छन् । छलफलमा भारत निर्यात हुने नेपाली वस्तुको अवरोधलाई हटाउन भारतीय पक्षको सहयोगलाई विशेष रुपमा उठाइएको बताए । बैठकमा जलविद्युत र नवीकरणीय ऊर्जा, पर्यटन र कनेक्टिभिटी,व्यापार र सीमापार लगानी, कृषि, सूचना प्रविधि र डिजिटल सहयोग आदानप्रदान,पूर्वाधार विकास, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन (फिटा) संशोधन,अटोमोबाइल, औषधि र रसायन उद्योग, ज्ञान साझेदारी र सीप विकासका क्षेत्रमा सहकार्यमा जोड दिइएको पनि बताए । बैठकमा नेपालका उद्योग र व्यापार क्षेत्रका अधिकांश मुद्दाहरु उठाएको बताए । उनले जलविद्युतको उत्पादन १० हजार मेगावाट भारतमा निर्यात गर्ने, विष्फोटक पदार्थहरुको सहज उपलब्धताका बारेमा पनि कुरा राखेको बताएका छन् । कृषिजन्य सामग्रीहरुमा भारतले लगाएको परिणामात्मक बन्देज नेपालका लागि हुन नहुने विषयमा पनि छलफल गरेको र छलफल सकारात्मक रहेको बताएका छन् ।

बैठकमा दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपाल भारत व्यापारमा देखिएका समस्या समाधानका लागि दुवै पक्षले पहल गर्ने सहमति भएको छ । नेपाल र भारतका प्रतिनिधिहरू सहभागि बैठकले द्विपक्षीय सम्बन्धले व्यापार, लगानी, उर्जा सहयोग, विकास साझेदारी र जनताबीचको आदान—प्रदानलगायतका विभिन्न क्षेत्रलाई समेटेको बताइएको छ । नेपाल भारतका उद्योगी व्यवसायीहरुको छाता संगठनका रुपमा रहेका दुई संस्थाले नेपाल—भारत संयुक्त व्यवसायी मञ्च (जेबिएफ) बनाएर विभिन्न विषयहरुमा वार्ता गर्दै आएका छन्


प्रकाशित मिति: २७ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?