Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नयाँ पुस्तालाई थप निराश बनाउनु हुँदैनः मन्त्री पाण्डे


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नयाँ पुस्तालाई थप निराश बनाउन नहुने बताएका छन् ।

शनिवार काठमाडौंमा नेपाल शैक्षिक परामर्श संघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले अहिले पनि दक्ष जनशक्तिहरु नेपालमै केही गरौँ भन्ने ध्येयले स्वदेशमै स्वरोजगार बनि बसिरहेको बताएका छन् । उनले देशभित्र पनि केही हुन्छ भन्ने आत्मविश्वास नयाँ पुस्तामा जागृत गर्न जरुरी रहेको बताउदै उनले देश रित्तो भयो भन्ने नकारात्मक भाष्य नयाँ पुस्तामा संप्रेषण गर्न नहुने बताए ।

उनले भने, ‘यति ठूलो जनशक्ति तपाईंहरु देशभित्रै हुनुहुन्छ । देशभित्र पनि एउटा आत्मविश्वासका साथ रहनुभएको छ । सबै एक सय एक क्षमता भएको व्यक्ति हुनुहुन्छ । विदेश नै गएर बस्नसक्ने क्षमता राख्नुहुन्छ । तर यही ठाउँमा उभिएर यहाँकै नयाँँ पुस्तालाई सहजता प्रदान गरौँ भन्ने अठोट राख्नुभएको छ । अहिले थुप्रै विद्यार्थी बाहिर जानुभएको छ । यसलाई नकारात्मक भाष्यका रुपमा देश रित्तो हुने भयो भन्ने भाष्यका रुपमा अघि बढाएका छौँ । त्यसका राम्रा र नराम्रा पाटा मूल्यांकन र समीक्षाको विषय हो । हामी त्यसलाई ठिक बाटो तय गर्नेछौँ । तर नकारात्मक भाष्य मात्रै संप्रेषण गरेर हामीले थप नयाँ पुस्तालाई निराश बनाउनु हुँदैन । बाहिर जाने कुरा दुनियाँभर भइरहेको छ । यो विश्वव्यापीकरणको परिणामको रुपमा भइरहेको छ । यसमा चिन्ता गर्नुपर्ने छैन । यसमा नेपालले के फाइदा लिनसक्छ त्यसमा ध्यान दिनुपर्छ । त्यो पनि देशको विकासका लागि आवश्यक छ । देशभित्र बस्ने अठोट, देशभित्र बस्नका निम्ति आस्था सञ्चार गर्ने अठोट लिनुपर्छ । ’

पर्यटनमन्त्री पाण्डेले विद्यार्थीलाई देश चिनाउने माध्यम बनाउन सकिने बताएका छन् ।


प्रकाशित मिति: २७ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?