Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

संसद चाँडै शुरु हुन्छः सभामुख घिमिरे


काठमाडौँ। सभामुख देवराज घिमिरेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई एकताका प्रतिकको रुपमा लिनुपर्ने बताएका छन् ।

शनिवार पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आयोजना गरेको चियापान समारोहमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् । उनले नेपाल विभिन्न जातजाति, संस्कार, संस्कृतिको देश भएको बताउदै उनले नेपालको भुगोललाई एकतावद्ध गरी अरु प्रगति गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने , ‘हामीले एकताका प्रतिकको रुपमा लिनुपर्छ । विभिन्न जातजाति, संस्कार, संस्कृति, भएको भुगोल हो यो । यो भुगोललाई एकतावद्ध गरी अरु प्रगति गरेर लैजानुपर्छ भन्नेकुरा सिक्नुपर्छ । सदन अब बेला भएको छ, चाँडै चल्छ ।’

संसद कहिलेबाट शुरु हुन्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले चाँडै अधिवेशन आह्वान हुने बताए ।


प्रकाशित मिति: २७ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?