Trending
>>   राप्रपाको चियापानमा ओली, देउवा, नेपाल लगायतका नेताहरु सहभागी >>   प्रधानमन्त्री ओली र सभापति देउवा राप्रपा नेपालको चियापनमा सहभागी >>   एफएनसिसिआई र सिआईआईबीचको संयुक्त बैठक काठमाडौंमा सम्पन्न >>   देशलाई समृद्ध र जनतालाई सुखी बनाउनुपर्ने आवश्यकता छः माधवकुमार नेपाल >>   बलियो राष्ट्रवादी शक्ति निर्माण गरेरै छोड्छुः कमल थापा >>   संसद चाँडै शुरु हुन्छः सभामुख घिमिरे >>   नयाँ पुस्तालाई थप निराश बनाउनु हुँदैनः मन्त्री पाण्डे >>   मनाइयो पृथ्वीजयन्ती (तस्बिरहरु) >>   पृथ्वीजयन्तीमा आम सर्वसाधरण र नेताहरुद्वारा माल्यार्पण >>   राष्ट्रलाई समृद्ध बनाउन शिक्षा महत्वपूर्णः सभामुख घिमिरे
Logo
२७ पुष २०८१, शनिबार
२७ पुष २०८१, शनिबार

‘मेरो देश, मेरो उत्पादन’ नारालाई सरकारले राष्ट्रिय अभियानका रुपमा अघि बढाउँछः उद्योगमन्त्री भण्डारी


काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘मेरो देश, मेरो उत्पादन’ नारालाई सरकारले राष्ट्रिय अभियानका रुपमा अघि बढाउने तयारी गरेको बताएका छन् ।

शुक्रवार फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको २३ औं वार्षिक साधरण सभामा बोल्दै उद्योगमन्त्री भण्डारीले सरकारले नेपाली उत्पादन प्रोत्साहनको लागि मेरो देश मेरो उत्पादन नारालाई अभियानको साथमा लैजाने बताए । उनले यसबारे सरकारले निजी क्षेत्रसँग छलफल गरेको र त्यसको लागि सरकारले निर्देशक समिति बनाउने तयारी गरिरहेको बताएका छन् ।

उनले नीतिगत सुधारको आवश्यकता लगायतका थुप्रै ऐनहरुलाई संशोधनको प्रक्रियामा अबको संसदको अधिवेशन एउटा कानूनमा केन्द्रित भएर नीतिगत सुधार गर्ने प्रयास सरकारले गरेको बताएका छन् ।

उनले सरकारले चोरी पैठारीलाई नियन्त्रण गर्न विशेष प्राथमिकताका साथ काम गरिरहेको बताउदै चोरी पैठारीबाट भइरहेका राजश्व छली रोक्न वाणिज्य विभागले आवश्यक योजना बनाएर अनुगमन गर्ने तयारी गरिरहेको बताएका छन् ।


प्रकाशित मिति: २७ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?