काठमाडौं । पृथ्वी जयन्ती तथा ३०३ औँ राष्ट्रिय एकता दिवसका अवसरमा श्रष्टाहरुले कवितामार्फत पृथ्वीनारायण शाहको स्मरण गरेका छन् ।
चद्रागिरीमा रहेको पृथ्वीनारायण शाहको पूर्णकदको शालिकसामु उभिएर उनीहरुले राष्ट्रनिर्माताप्रति सम्मान व्यक्त गरेका हुन् । श्रष्टाहरुले राष्ट्रनिर्माताप्रति राज्यले नै अन्याय गरेको भन्दै राष्ट्र निर्माता र राष्ट्रिय एकता दिवशप्रति राज्यले गौरवबोध गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा कविहरु विश्वविमोहन श्रेष्ठ, किशोर पहाडी,राजेन्द्र शलभ, शंकर कोईराला, प्रभा भट्टराई,नवराज लम्साल,मणि लोहनी र एलिशा ढुंगानाले पृथ्वीनारायण शाहप्रति लेखिएका कविता वाचन गरेका छन् ।
पृथ्वीनारायण शाहले शुरु गर्नुभएको नेपाल एकीकरणको अभियानका क्रममा राजनीतिक र धार्मिक महत्व राख्ने चन्द्रागिरीमा उहाँको शालिक राखिएको हो । नेपालको एकीकरण अभियानकै क्रममा पृथ्वीनारायण शाहले मकवानपुर र नुवाकोटको यात्रा चन्द्रागिरीको बाटो हुँदै गर्नुभएको थियो । २०७४ असोज ८ गते भालेश्वर मन्दिर परिसरमा पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक स्थापना गरिएको थियो ।
प्रकाशित मिति: २७ पुष २०८१, शनिबार