Trending
>>   चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो >>   जनमत पार्टीद्वारा कार्यदल गठन >>   गाजा युद्धविराम छिट्टै हुनेमा ब्लिन्केन ‘विश्वस्त’ >>   जीर्ण बन्दै नख्खु करिडार, सास्ती खेप्दै स्थानीय >>   भारतीय तटरक्षक गार्डको हेलिकप्टर गुजरातमा दुर्घटना हुँदा ३ जनाको मृत्यु >>   टर्कीद्वारा सिरियाको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको आग्रह >>   इजिप्ट—अमेरिकी शिर्ष कुटनीतिज्ञबीच गाजा र सिरियाली घटनाक्रमबारे छलफल >>   सतुवा खेतीमा किसानको आर्कषण बढ्दो >>   असदको सत्ताच्युत भएपछि करिव ४० हजार सिरियालीहरू टर्कीबाट स्वदेश फर्किए >>   महाभियोग लगाइएको युनको गिरफ्तारी रोक्ने सुरक्षा सेवा प्रमुखको प्रतिवद्धता
Logo
२२ पुष २०८१, सोमबार
२२ पुष २०८१, सोमबार

अदालतले जनवरी १४ र १६ मा युनको महाभियोगको सुनुवाई गर्ने


काठमाडौँ । दक्षिण कोरियाको संवैधानिक अदालतले जनवरी १४ र जनवरी १६ मा राष्ट्रपति युन सुक–योलविरुद्धको महाभियोगको सुनुवाइ गर्ने जनाएका छन् ।

संवैधानिक अदालतका न्यायाधीशले जनवरी १४ र जनवरी १६ मा राष्ट्रपति युनबिरुद्धको महाअभियोगको सुनुवाई गर्ने बताए । न्यायाधीशले महाभियोग लागेका राष्ट्रपतिलाई उल्लेख गर्दै प्रतिवादीको अनुपस्थितिको तयारीमा जनवरी १६ मा दोस्रो औपचारिक सुनुवाइ तोकिएको उल्लेख गरेका छन् ।

युनका लागि कानूनी प्रतिनिधिहरूले थप तयारी सुनुवाइहरूमा थप छलफलको माग गरेका छन् । जसलाई न्यायालयले खारेज गरेका छन् । नेशनल एसेम्बलीका लागि कानूनी प्रतिनिधिहरूले अदालतको कार्यवाहीलाई ढिलाइ गर्न खोजेकोमा युनको प्रतिरक्षा सल्लाहकारको निन्दा गरेका छन् ।

युन विरुद्धको महाभियोग प्रश्ताव गत वर्ष डिसेम्बर १४ मा राष्ट्रिय सभाले पारित गरेका थिए । यसलाई १८० दिनसम्म विचार गर्न संवैधानिक अदालतमा पठाएका थिए । जुन अवधिमा यूनको राष्ट्रपतिको शक्ति निलम्वित छ । युनलाई अनुसन्धान एजेन्सीहरूले विद्रोहको आरोपमा संदिग्ध नेताको रूपमा नाम दिएका थिए ।

डिसेम्बर ३, २०२४ को रात मा मार्शल ल घोषणा गरे तर यसलाई केही घण्टापछि राष्ट्रिय सभाले खारेज गरेका थिए ।


प्रकाशित मिति: २० पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?