काठमाडौँ । डिसेम्बर ८, २०२४ मा सिरियाको बसर अल–असद प्रशासनको पतनपछि लगभग ४० हजार सिरियालीहरू टर्किएबाट आफ्नो मातृभूमि फर्किएका छन् ।
टर्कीका व्यापार मन्त्री ओमेर बोलातले टर्कीको दक्षिणपूर्वी हाते प्रान्तको सिल्भेगोजु बोर्डर गेटको निरीक्षण भ्रमणको क्रममा सो जानकारी दिईका छन् । बोलातले गत वर्ष डिसेम्बर ९ देखि हातेको तीन सीमानाकाबाट २७ हजार ९४१ सिरियालीहरू घर फर्किएको बताएका छन् ।
टर्किएले सिरियासँग ९ सय किलोमिटर सीमाना साझा गरेका थिए ।
प्रकाशित मिति: २२ पुष २०८१, सोमबार