Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

भारतीय तटरक्षक गार्डको हेलिकप्टर गुजरातमा दुर्घटना हुँदा ३ जनाको मृत्यु


काठमाडौँ । भारतको गुजरात राज्यमा भारतीय तटरक्षक गार्डको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार तीन जना (सबै) को मृत्यु भएको प्रहरीले जनाएका छन् ।

पोरबन्दर विमानस्थलमा नियमित प्रशिक्षणको क्रममा प्राविधिक समस्याका कारण एडभान्स लाइट हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टर दुर्घटनामा परेर आगो लागेपछि दुई पाइलटसहित चालक दलका तीन सदस्यलाई जलेको अवस्थामा तत्काल अस्पताल लगिएका थिए । दुर्घटनामा चालक दलका तीनै सदस्यले ज्यान गुमाएका छन् । दुर्घटना आईतवार दिउँसो १२ः१० बजे भएको थियो ।

भारतीय प्रहरी र कोस्ट गार्डका अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताएका छन् ।


प्रकाशित मिति: २२ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?