Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

जीर्ण बन्दै नख्खु करिडार, सास्ती खेप्दै स्थानीय


काठमाडौँ । गत असोज महिनामा आएको बाढीका कारण भत्किएको नख्खु करिडोरको बाटो बन्न नसक्दा स्थानीयले सास्ती खेप्नु परेका छन् ।

बाढीले भत्काएको बाटो बनाउन महानगरपालिकाले सामान्य पहल गरेपनि सहज रुपमा हिँड्न सक्ने अवस्थामा छैन । पानी पर्दा हिलो, नपर्दा धुलो उड्ने भएकाले सबैले दुःखले सडकको प्रयोग गरिरहेका छन् ।

धुलो मात्र होइन नख्खु खोलाबाट आउने दुर्गन्धले झनै असर गरेको स्थानीयहरु बताउछन् । बाढीले क्षति गर्नुअघि रोडा, ढुंगा र बाटो बोक्ने टिप्परले दुःख दिएको स्थानीयले गुनासो गर्दथे । अहिले पनि टिप्परको आतंक जस्तै भएको गुनासो स्थानीयहरुले गर्न थालेका छन् ।

बाढीले क्षति गरेर जीर्ण बनेको सडकमा धेरै तौल बोक्ने टिप्पर निरन्तर दौडिदा सडक झनै कमजोर बनेको स्थानीयहरु बताउछन् । सडकबाट हिँड्नै नसक्ने भएपनि बाध्यताले हिँड्नु परिरहेको उनीहरुको गुनासो छ ।

सरकारले आवश्यक चासो नदिदा स्थानीयहरुले मार खेपिरहेको उनीहरुको गुनासो छ । सरकारले आईतवारमात्रै विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकबाट गत असोजमा काठमाडौं लगायतका क्षेत्रमा आएको बाढी, पहिरोको क्षतिको विस्तृत मूल्याङ्कन(डिडिए) गर्ने निर्णय गरेका छन् ।

साथै डिडिए सम्पन्न भइसकेका क्षेत्रहरुमा सरकारले बनाएको मापदण्डअनुसार पुनर्निर्माणको काम तत्काल प्रारम्भ गर्ने निर्णय समेत गरेका छन् । यद्यपी कहिलेसम्म पुनःनिर्माण सकिन्छ त्यो भने हेर्न बाँकी छ ।

बाढीले क्षति गरेको स्थानीयको बस्ती, बस्तीसम्म जाने बाटो सबै खराब छ । गत असोजको ११ गते रातिबाट परेको अविरव वर्षापछि आएको बाढीले नख्खु तटिय बस्ती डुबानमा परेका थिए । त्यसबाट खानेपानी, ढल, बिजुलीको पोल र बाटोमा गरेको क्षतिको अझै मर्मतसम्भार हुन सकेको छैनन् ।


प्रकाशित मिति: २२ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?