Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सतुवा खेतीमा किसानको आर्कषण बढ्दो


काठमाडौँ । मनग्य आम्दानी हुने भएपछि सतुवाखेती यहाँका किसानका रोजाइमा परेको छ ।

बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा यहाँका किसानको आर्कषण बढेको हो । यहाँका लेकाली भेगका अधिकांश किसानले यसको व्यावसायिक खेती थालेका छन् ।

अन्य बालीको खेतीको तुलनामा सतुवाबाट राम्रो आम्दानी हुने किसानले बताउने गरेका छन् । सतुवा विशेष गरेर सेपिलो भागमा फस्टाउने किसानको भनाइ छ । यसको खेतीका लागि चिस्यान, ओसिलो र मलिलो माटो तथा उत्तर–पश्चिम फर्किएको भूगोलमा उपयुक्त मानिन्छ ।

सबै पातहरू सुरिलो डाँठको माथिल्लो भागबाट पलाएका हुन्छन् । एक हजार चार सय मिटर उचाइ भन्दामाथि पाइने यो जडीबुटी धेरै रोगको लागि उपयोगी मानिन्छ । सतुवा यार्सागुम्बा जस्तै शक्तिबद्र्धक हुने व्यवसायीहरुले बताउने गरेका छन् । यसलाई क्यान्सर, ग्याष्टिक, पेट दुख्ने, पोलेको, काटेको घाउ, पाकेको घाउ, बान्ता वा पखालालगायत रोगका लागि उपयोगी हुने बताइन्छ ।

त्यस्तै घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विष सेवन गरेको बेलामा प्रयोग गर्न सकिने बहुउपयोगी जडीबुटी रहेको किसानको भनाइ छ । सतुवा अहिले प्रतिकेजी रु आठदेखि दश हजारसम्म बिक्री हुने किसानको भनाइ छ ।

केही वर्ष अगाडिसम्म प्रतिकेजी रु २० हजारसम्ममा बिक्री भएको भए पनि पछिल्लो समय मूल्यमा केही गिरावट आएको छ । तर पनि किसानले भने यसको खेती अझै विस्तार गरिरहेका छन् ।

यो सतुवा टुसाउने समय रहेको किसानको भनाइ छ । जमिन रहेको गानो माघ, फागुन महिनामा पुनःपलाउने गर्दछ । किसानले यसको गानो खनेर सुकाएपछि बिक्री वितरण गर्दै आएका छन् । बिरुवा रोपेको दुईदेखि तीन वर्षमा सतुवा फुल्छ । फुलेर दाना झरेपछि एउटै बोटबाट ५० देखि सयसम्म बिरुवा उत्पादन हुने किसानको भनाइ छ ।

यसको जमिनमुनिको गानो अदुवा जस्तै देखिन्छ । प्रायः एउटा बोटबाट एउटा मात्र डाँठ निस्कने भए पनि फस्टाएको बोटले धेरै वटासम्म ठाँड दिने गर्दछ । सतुवा खेतीबाट राम्रो आम्दानी लिन सकिने टेम्केमैयुङ गाउँपालिका किसान एकराज विष्टले बताए । अघिल्ला वर्षको तुलनामा मूल्यमा केही गिरावट आए पनि किसानले भने खेती गर्न नछाडेको उनको भनाइ छ । आफूले लामो समय विदेशमा बिताएर आएर सतुवा खेतीमा लागेको उनको भनाइ छ ।

“किसानहरुमा सतुवाखेतीमा आकर्षण बढेको छ” उनले भने ,“गाउँघरमा प्रायः धेरैले यसको खेती गरिरहेका छन् । पछिल्लो समयमा मूल्यमा केही गिरावट आए पनि अन्य बालीको तुलनामा आम्दानी राम्रो छ । आफूले खान पनि सतुवालाई लाभदायक मानिन्छ ।”

विदेशमा भन्दा स्वदेशमा मेहनत गर्न सके यही राम्रो आम्दानी लिन सकिने विष्टको भनाइ छ । अहिले आफूले सतुवासँगै व्यावसायिक रुपमा किबी खेतीसमेत गरिरहेको विष्टले बताएका छन् ।

सुतवा जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा र वडा नं ५ को माथिल्लो भेग, भोजपुर नगरपालिका–२ हेलौँछा, षडानन्द नगरपालिका–९ किमालुङ र वडा नं– १० बोयाको माथिल्लो भेग र आमचोक गाउँपालिका–४ र साल्पासिलिछो गाउँपालिका–४ खाटम्मा लगायतमा किसानले व्यावसायिक खेती गर्दै आएका छन् ।


प्रकाशित मिति: २२ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?