Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

इजिप्ट—अमेरिकी शिर्ष कुटनीतिज्ञबीच गाजा र सिरियाली घटनाक्रमबारे छलफल


काठमाडौँ । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग फोन वार्ता गरेका छन् ।

दुई मन्त्रीहरुले गाजापट्टी र सिरियाको घटनाक्रमबारे छलफल गरे। वार्तामा अब्देलाट्टीले गाजामा तत्काल युद्धविराम हासिल गर्न र एन्क्लेभमा मानवीय सहायताको निर्वाध पहुँच सुनिश्चित गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रयासहरू जारी राख्ने महत्वमा जोड दिए ।

इजिप्टका विदेशमन्त्रीले इजरायलले प्यालेस्टिनी जनताप्रतिको आक्रामक नीतिहरू बन्द गर्नुपर्ने आवश्यकतालाई जोड दिँदै इजरायलले गाजामा स्वास्थ्य पूर्वाधार र अस्पतालहरूलाई व्यवस्थित रूपमा लक्षित गरेको कुरालाई इजिप्टले पूर्णरूपमा अस्वीकार गरेको बताएका छन् ।

इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सिमानामा हमास लडाकुहरूले गरेको आक्रमणको बदला लिन गाजामा जारी ठूलो मात्रामा आक्रमण शुरु गरेका छन् । जसमा करिव १ हजार २ इजरायलीहरू मारिएका थिए र लगभग २५० जनालाई बन्धक बनाएका थिए ।

त्यसयता गाजामा इजरायली युद्धमा ४५ हजार ८०५ प्यालेस्टिनी मारिएका छन् । १ लाख ९ हजार ६४ जना घाइते भएका छन् । संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले नोभेम्बर २०२३ देखि अप्रिल २०२४ सम्म प्रमाणित गरेको ८ हजार ११९ पीडितमध्ये ७० प्रतिशत महिला र बालबालिका रहेको बताएका छन् ।

दुई अधिकारीहरूले डिसेम्बर २०२४ को शुरुमा पूर्वराष्ट्रपति बसर अल–असदको सरकारको पतन पछि सिरियामा राजनीतिक संक्रमणलाई पनि सम्बोधन गरेका छन् । इजिप्टको विदेश मन्त्रालयकाअनुसार अब्देलाट्टीले सिरियामा सुरक्षा र स्थायित्व हासिल गर्न योगदान पुर्‍याउने र यसको एकता र क्षेत्रीय अखण्डताको ग्यारेन्टी गर्ने तरिकाले कुनैपनि वाह्य आदेशबाट मुक्त व्यापक राजनीतिक संक्रमण प्रक्रियाका लागि आग्रह गरेका छन् ।


प्रकाशित मिति: २२ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?