Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

इजिप्ट—अमेरिकी शिर्ष कुटनीतिज्ञबीच गाजा र सिरियाली घटनाक्रमबारे छलफल


काठमाडौँ । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग फोन वार्ता गरेका छन् ।

दुई मन्त्रीहरुले गाजापट्टी र सिरियाको घटनाक्रमबारे छलफल गरे। वार्तामा अब्देलाट्टीले गाजामा तत्काल युद्धविराम हासिल गर्न र एन्क्लेभमा मानवीय सहायताको निर्वाध पहुँच सुनिश्चित गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रयासहरू जारी राख्ने महत्वमा जोड दिए ।

इजिप्टका विदेशमन्त्रीले इजरायलले प्यालेस्टिनी जनताप्रतिको आक्रामक नीतिहरू बन्द गर्नुपर्ने आवश्यकतालाई जोड दिँदै इजरायलले गाजामा स्वास्थ्य पूर्वाधार र अस्पतालहरूलाई व्यवस्थित रूपमा लक्षित गरेको कुरालाई इजिप्टले पूर्णरूपमा अस्वीकार गरेको बताएका छन् ।

इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सिमानामा हमास लडाकुहरूले गरेको आक्रमणको बदला लिन गाजामा जारी ठूलो मात्रामा आक्रमण शुरु गरेका छन् । जसमा करिव १ हजार २ इजरायलीहरू मारिएका थिए र लगभग २५० जनालाई बन्धक बनाएका थिए ।

त्यसयता गाजामा इजरायली युद्धमा ४५ हजार ८०५ प्यालेस्टिनी मारिएका छन् । १ लाख ९ हजार ६४ जना घाइते भएका छन् । संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले नोभेम्बर २०२३ देखि अप्रिल २०२४ सम्म प्रमाणित गरेको ८ हजार ११९ पीडितमध्ये ७० प्रतिशत महिला र बालबालिका रहेको बताएका छन् ।

दुई अधिकारीहरूले डिसेम्बर २०२४ को शुरुमा पूर्वराष्ट्रपति बसर अल–असदको सरकारको पतन पछि सिरियामा राजनीतिक संक्रमणलाई पनि सम्बोधन गरेका छन् । इजिप्टको विदेश मन्त्रालयकाअनुसार अब्देलाट्टीले सिरियामा सुरक्षा र स्थायित्व हासिल गर्न योगदान पुर्‍याउने र यसको एकता र क्षेत्रीय अखण्डताको ग्यारेन्टी गर्ने तरिकाले कुनैपनि वाह्य आदेशबाट मुक्त व्यापक राजनीतिक संक्रमण प्रक्रियाका लागि आग्रह गरेका छन् ।


प्रकाशित मिति: २२ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?