Trending
>>   सहकारीहरुले हामी ठिक अवस्थामा छौँ भन्ने सन्देश दिन जरुरीः मन्त्री अधिकारी >>   चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो >>   जनमत पार्टीद्वारा कार्यदल गठन >>   गाजा युद्धविराम छिट्टै हुनेमा ब्लिन्केन ‘विश्वस्त’ >>   जीर्ण बन्दै नख्खु करिडार, सास्ती खेप्दै स्थानीय >>   भारतीय तटरक्षक गार्डको हेलिकप्टर गुजरातमा दुर्घटना हुँदा ३ जनाको मृत्यु >>   टर्कीद्वारा सिरियाको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको आग्रह >>   इजिप्ट—अमेरिकी शिर्ष कुटनीतिज्ञबीच गाजा र सिरियाली घटनाक्रमबारे छलफल >>   सतुवा खेतीमा किसानको आर्कषण बढ्दो >>   असदको सत्ताच्युत भएपछि करिव ४० हजार सिरियालीहरू टर्कीबाट स्वदेश फर्किए
Logo
२२ पुष २०८१, सोमबार
२२ पुष २०८१, सोमबार

इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४५ हजार ६५८ पुग्यो


काठमाडौँ । गाजामा शुक्रवार रातभर इजरायली हवाई आक्रमणमा ३३ प्यालेस्टाइनीको मृत्यु भएको गाजामा प्यालेस्टिनी नागरिक रक्षाका प्रवक्ता महमुद बसालले बताएका छन् ।

मध्य गाजामा माघाजी शरणार्थी शिविरको एक घरमा इजरायली बमबारीमा नौ प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । बसालस्थित नुसिराट शरणार्थी शिविरमा रहेको दुई घर र एउटा अपार्टमेन्टमा इजरायली बमबारीबाट ११ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

इजरायली हवाई आक्रमणमा मध्य गाजाको देइर अल–बालाह र अल–जावेदा सहरहरूमा तीनवटा घरहरूमा एक पत्रकारसहित आठ प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सीमानामार्फत हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेका छन् ।

जसमा करिव १२ सय मानिस मारिएका थिए । २५० जनालाई वन्धक बनाएका थिए । गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या बढेर ४५ हजार ६५८ पुगेका छन् ।

घाइतेहरूको संख्या १ लाख ८ हजार ५८३ पुगेका छन् ।


प्रकाशित मिति: २० पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?