Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकाय बनाउने सम्बन्धी ऐन सरोकारवालाई बेवास्ता गरेर बन्दैन


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवाप्रदायक निकाय बनाउनेसम्बन्धी विधेयक प्राधिकरणको गरिमालाई उँचो बनाउने गरी निर्माण हुने बताएका छन् ।

मंगलवार नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले हालै मन्त्रीपरिषद्ले नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवाप्रदायक निकाय बनाउनेसम्बन्धी विधेयक पास गेको उल्लेख गर्दै मन्त्री पाण्डेले आगामी संसदमा यसबारे छलफल भइ पारित हुने विश्वास व्यक्त गरे ।

उनले यसअघि पनि लामो छलफलपछि राष्ट्रिय सभाले पारित गरिसकेपछि प्रतनिधि सभामा रोकिएको अवस्थामा अहिलेको सरकारले मन्त्रीपरिषद्बाट पास गरिसकेको जानकारी दिए ।

मन्त्रीपरिषद्ले पास गर्दैमा ऐन निर्माण नटुंगिने र ऐन निर्माणको प्रक्रिया औपचारिक रुपमा प्रारम्भ भएको उल्लेख गरे । मन्त्री पाण्डेले सरोकारवालालाई बेवास्ता गरेर ऐन नबन्ने प्रतिवद्धता जनाए । उनले कर्मचारीहरुको सेवा सुविधा घट्ने गरी ऐन नबन्ने दाबी गरेका छन् ।

उनले भने , ‘हालै मन्त्रीपरिषद्ले पास गरेको नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवाप्रदायक निकाय बनाउने भन्ने जुन दुई वटा ऐन आएका छन् । त्यो दुई वटा ऐनका सन्दर्भमा यहाँहरु जानकार हुनुहुन्छ । यो पहिला लामो छलफल भएपछि यो राष्ट्रिय सभामा प्रश्तुत भएर राष्ट्रिय सभाले पारित गरिसकेपछि प्रतनिधि सभामा आएर रोकिएको अवस्था थियो । त्यो रोकिएको अवस्थाको ऐनलाई हामीले मन्त्रीपरिषद्मा पुर्‍याएका छौँ र मन्त्रीपरिषद्ले पास गरेको छ । मन्त्रीपरिषद्ले पास गर्दैमा यो ऐन टुंगिएको छैन । ऐन निर्माणको एउटा प्रक्रिया औपचारिक रुपमा प्रारम्भ भएको छ । यो संसदमा प्रश्तुत हुन्छ, संसदमा प्रश्तुत भएपछि यसमा सैद्धान्तिक छलफल हुन्छ, सैद्धान्तिक छलफल भएको ७२ घण्टासम्म संशोधनका प्रश्तावहरु दर्ता हुन्छन् । तपाईंहरुलाई केही कुरा चित्त बुझेको छैन भने संशोधनमार्फत सुधार गर्न सकिन्छ । तपाईंहरुको सरोकारवालालाई बेवास्ता गरेर ऐन बन्नेछैन । तपाईंहरुको सरोकारलाई सम्बोधन गरेर मात्रै ऐन बन्नेछ । कर्मचारी साथीहरुलाई आश्वस्त के कुरामा पार्न चाहन्छु भने तपाईंहरुको कुनैपनि किसिमको सेवा सुविधा घट्ने गरी ऐन बन्नेछैन । ऐन प्राधिकरणको गरिमालाई उँचो बनाउने, विश्वसनीय बनाउने गरी ऐन बनाउँछौँ । त्यसमा कुनै किसिमले निराश हुनु पर्दैन ।’

मन्त्री पाण्डेले नेपाल वायुसेवा निगमका विमानहरु पनि प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको र विमानहरुको संख्यामा पनि कमी रहेको बताए । उनले नेपाल वायुसेवा निगमका विमानहरुको संख्यालाई व्यवस्थापन गर्नेतिर सरकारले सोचिरहेको बताएका छन् ।


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?