Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकाय बनाउने सम्बन्धी ऐन सरोकारवालाई बेवास्ता गरेर बन्दैन


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवाप्रदायक निकाय बनाउनेसम्बन्धी विधेयक प्राधिकरणको गरिमालाई उँचो बनाउने गरी निर्माण हुने बताएका छन् ।

मंगलवार नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले हालै मन्त्रीपरिषद्ले नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवाप्रदायक निकाय बनाउनेसम्बन्धी विधेयक पास गेको उल्लेख गर्दै मन्त्री पाण्डेले आगामी संसदमा यसबारे छलफल भइ पारित हुने विश्वास व्यक्त गरे ।

उनले यसअघि पनि लामो छलफलपछि राष्ट्रिय सभाले पारित गरिसकेपछि प्रतनिधि सभामा रोकिएको अवस्थामा अहिलेको सरकारले मन्त्रीपरिषद्बाट पास गरिसकेको जानकारी दिए ।

मन्त्रीपरिषद्ले पास गर्दैमा ऐन निर्माण नटुंगिने र ऐन निर्माणको प्रक्रिया औपचारिक रुपमा प्रारम्भ भएको उल्लेख गरे । मन्त्री पाण्डेले सरोकारवालालाई बेवास्ता गरेर ऐन नबन्ने प्रतिवद्धता जनाए । उनले कर्मचारीहरुको सेवा सुविधा घट्ने गरी ऐन नबन्ने दाबी गरेका छन् ।

उनले भने , ‘हालै मन्त्रीपरिषद्ले पास गरेको नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवाप्रदायक निकाय बनाउने भन्ने जुन दुई वटा ऐन आएका छन् । त्यो दुई वटा ऐनका सन्दर्भमा यहाँहरु जानकार हुनुहुन्छ । यो पहिला लामो छलफल भएपछि यो राष्ट्रिय सभामा प्रश्तुत भएर राष्ट्रिय सभाले पारित गरिसकेपछि प्रतनिधि सभामा आएर रोकिएको अवस्था थियो । त्यो रोकिएको अवस्थाको ऐनलाई हामीले मन्त्रीपरिषद्मा पुर्‍याएका छौँ र मन्त्रीपरिषद्ले पास गरेको छ । मन्त्रीपरिषद्ले पास गर्दैमा यो ऐन टुंगिएको छैन । ऐन निर्माणको एउटा प्रक्रिया औपचारिक रुपमा प्रारम्भ भएको छ । यो संसदमा प्रश्तुत हुन्छ, संसदमा प्रश्तुत भएपछि यसमा सैद्धान्तिक छलफल हुन्छ, सैद्धान्तिक छलफल भएको ७२ घण्टासम्म संशोधनका प्रश्तावहरु दर्ता हुन्छन् । तपाईंहरुलाई केही कुरा चित्त बुझेको छैन भने संशोधनमार्फत सुधार गर्न सकिन्छ । तपाईंहरुको सरोकारवालालाई बेवास्ता गरेर ऐन बन्नेछैन । तपाईंहरुको सरोकारलाई सम्बोधन गरेर मात्रै ऐन बन्नेछ । कर्मचारी साथीहरुलाई आश्वस्त के कुरामा पार्न चाहन्छु भने तपाईंहरुको कुनैपनि किसिमको सेवा सुविधा घट्ने गरी ऐन बन्नेछैन । ऐन प्राधिकरणको गरिमालाई उँचो बनाउने, विश्वसनीय बनाउने गरी ऐन बनाउँछौँ । त्यसमा कुनै किसिमले निराश हुनु पर्दैन ।’

मन्त्री पाण्डेले नेपाल वायुसेवा निगमका विमानहरु पनि प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको र विमानहरुको संख्यामा पनि कमी रहेको बताए । उनले नेपाल वायुसेवा निगमका विमानहरुको संख्यालाई व्यवस्थापन गर्नेतिर सरकारले सोचिरहेको बताएका छन् ।


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?