Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

बालविवाह अन्त्यका लागि तीन तहका सरकार मिलौंँ : मन्त्री सुडी


काठमाडौँ । महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले बालविवाह अन्त्यको लागि तीन तहको सरकारले समन्वय र सहकार्य गर्न जरुरी रहेको बताएका छन् ।

मंगलवार ललितपुरमा बालविवाह मुक्त नेपाल अभियान सञ्चालनका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सुडिले यस्तो बताउएका हुन् । उनले संघ र प्रदेश सरकारले निर्माण गरेका कानूनहरुको कार्यान्वयनका स्थानीय तह लाग्न आवश्यक रहेको बताए ।

उनले कानूनको परिपालनाका लागि आफू मातहतका स्थानीय तहहरुलाई निर्देशन दिन प्रदेश मन्त्रीहरुलाई निर्देशन पनि दिए । उनले सबैले आ—आफ्नै डबली बजाएर देशको कल्याण नहुने जिकिर गरे ।

उनले बालविवाहका कारण बाललिकाहरुको शारीरिक र मानसिक शोषण भइरहेको उल्लेख गरे । बालविवाहको अन्त्य गर्दै समाजमा विद्यमान समस्याहरुको समाधानका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा उनको जोड छ ।

उनले भने , ‘बालविवाह न्यूनिकरणका लागि तीन तहको सरकारले मिलेर काम गर्नुपर्छ । संघले कानून बनाइदियो । प्रदेशले कानून बनाइदियो । स्थानीय तहले त्यसलाई कार्यान्वयनमा ल्याउँदैन भनेदेखि त्यो कितावमा मात्र सिमित हुन्छ । त्यसकारणले म सम्पूर्ण प्रदेशका मन्त्रीज्युहरुसँग महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तपाईंहरुसँग काँधमा काँध मिलाएर अगाडि बढ्ने प्रतिज्ञा गर्दछु । र तपाईहरु पनि आफ्नो प्रदेश मातहत जति पालिकाहरु छ । त्यो पालिकाहरुसँग काँध मिलाएर कसरि सबै कानूनहरुको पालन गर्न सकिन्छ गर्नुहोस् । बालविवाहका कारण हाम्रा चेलिबेटीहरुको शारीरिक र मानसिक शोषण हुने गर्दछ । यसका विरुद्ध हामी सबैको आफ्नो आफ्नो तहबाट सोच्नैपर्ने अवस्था छ । तर अन्य चिजमा पनि हाम्रो सरकार, हाम्रो संविधान त्रिपक्षीय सरकारको कल्पना गरेको छ । त्यसैले हामीलाई पनि तीनै सरकारलाई मिलेर यो देशमो समृद्धिको लागि, विकासको लागि र उन्नतीको लागि सहकार्य गर्‍यो भने सम्भव छ । आफ्नै आफ्नै डबली बजाए भने देशको कल्याण हुँदैन । बालविावहमुक्त नेपाल बनाउनका लागि र समाजका अन्य समस्याकाको समाधानका लागि अगाडि बढ्न जरुरी छ ।’

मन्त्री सुडीले तीनै तहको सरकार मिलेर अघि बढ्नसकेमात्र सामाजिक विकृतिहरुको अन्त्य गर्न सकिने बताएका छन् ।


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?