Trending
>>   पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रलाई जोड्न सर्वपक्षीय सम्मेलन गर्छौंः मन्त्री पाण्डे >>   लहडको भरमा निर्णय लिँदा विमानस्थलहरुबाट प्रतिफल प्राप्त भएन : अध्यक्ष नेपाल >>   विधेयक, कानून निर्माण सहजिकरण कार्यदल बैठकः विचाराधिन विधेयक सम्बन्धमा दुई दलले फोकल पर्सन तोक्ने >>   कानूनमा मध्यवर्ती क्षेत्र र संरक्षित क्षेत्रको परिभाषा प्रष्ट नभएको कारणले आम नागरिकलाई समस्या:मन्त्री चौरसिया >>   मध्यवर्ती क्षेत्र र निकुञ्जबीचमा रहेका जनताले भोगेका समस्या समाधानका लागि कानून नै बाधकः वनमन्त्री ठकुरी >>   सेवा प्रवाह, विकास निर्माण र अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्छः एमाले >>   ‘भ्रष्टाचार एक अर्कालाई खुइल्याउने हतियार बन्यो, कुन–कुन फाइल खोल्ने हो छलफल गरौ : महामन्त्री थापा >>   रुग्ण उद्योग सञ्चालनका लागि उच्चस्तरीय कार्यदल गठन गर्छौंः उद्योगमन्त्री भण्डारी >>   भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित >>   निर्माण व्यवसायी महासंघले निर्णायक आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने
Logo
१८ पुष २०८१, बिहीबार
१८ पुष २०८१, बिहीबार

नेपाली गीत संगितहरु गुणस्तरीय बन्दै गइरहेका छन्ः मन्त्री पाण्डे


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली गीत, संगितहरु गुणस्तरीय बन्दै गइरहेका बताउनुभएको छ ।सोमवार सुदूरपश्चिम कलाकार समाजले पुस पन्ध्रको अवसरमा काठमाडौं आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले नेपाली गीतहरु गुणस्तरीय बन्दै गएका कारण विदेशी गीतहरु विस्थापित हुँदै गइरहेका उल्लेख गर्नुभयो । उहाँले सबै समुदायको भाषाको विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले सुदूरपश्चिमको भाषा राष्ट्रियकरण हुँदै गएको समेत बताउनु भयो । भाषा, साहित्य, संस्कृति र भेषभुषाको विकासमा कलाकारहरुको महत्वपूर्ण भुमिका हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सुदूरपीश्चमको भाषालाई सिंगो नेपालले सुन्न थालेको छ । यो भाषा मिठो लाग्न थालेको छ । त्यो दूरदराजबाट आज हामीले भाषा, साहित्य, संस्कृति भेषभुषालाई विकास गरी यहाँसम्म ल्याइपु¥याएका छौं । यसको अझै विकास गर्नुपर्ने छ । भाषाको विकासमा कलाकार साथीहरुको महत्वपूर्ण सहयोग हुन्छ । कुनैबेला हामीले हिन्दी गीतहरु सुन्नुपथ्र्यो । आज गुणस्तरीय बनाउन सकेकै कारणले नेपाली गीतहरु सुन्न थालेका छन् । त्यसैले गुणस्तरको सबै ठाउँमा महत्व छ । यहाँहरुको लगन र मेहेनतले गुणस्तरीय समग्रिहरु प्रश्तुत गर्नुहुने छ भन्ने विश्वास लिएको छु ।’कार्यक्रममा सुदूपश्चिमका स्थानीय कलाकारदेखि राष्ट्रिय कलाकारहरुले प्रश्तुति दिनुभएको थियो ।


प्रकाशित मिति: १५ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?