Trending
>>   सिरियाली विद्यार्थीको लागि सम्भावित फिर्ता योजना निगरानी गर्दैछौँः टर्की >>   टर्किएको केन्द्रिय बैंकले नीति दरलाई ४७.५ प्रतिशतमा घटायो >>   भारतमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु >>   भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन >>   अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ? >>   मौसम : आज यी चार प्रदेशमा बर्षाको सम्भावना >>   आज २०८१ साल पौष १२ गते शुक्रबार ,हेर्नुहोस आजको राशिफल >>   देशभित्रका समस्या समाधानका लागि दुई ठूला राजनीतिक दल मिलेका हौँः परराष्ट्रमन्त्री राणा >>   कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन काँग्रेस–एमाले सहमत >>   माओवादी फुटेर कहाँ पुग्ने हो निश्चित छैनः विप्लप
Logo
१२ पुष २०८१, शुक्रबार
१२ पुष २०८१, शुक्रबार

पोखरा विमानस्थलको प्राविधिक पक्षलाई नकारात्मक विषय बनाएर हल्ला गर्नेहरुको व्यापार बन्द भयोः क्यान महानिर्देशक अधिकारी


काठमाडौँ । कार्यक्रममा बोल्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थलको प्राविधिक पक्षलाई नकारात्मक विषय बनाएर हल्ला गर्नेहरुको व्यापार बन्द भएको बताएका छन् ।

उनले अब पोखरा विमानस्थलबाट उडान शुरु गरेर अर्को व्यापारको थालनी गर्न जरुरी रहेको बताएका छन् । उनले दुई वर्षअघि नै निर्माण सम्पन्न भइसकेको विमानस्थल सञ्चालन गर्ने सवालमा कमीमजोरीहरु भएको स्वीकार गरेका छन् ।

उनले विमानस्थलको बारेमा अनेकन भ्रम र टिकाटिप्पणीहरुलाई चिर्न आवश्यक रहकोमा अन्तर्राष्ट्रिय उडान सफल भएसँगै सबै विवादहरु स्वतः खारेज भएको बताएका छन् ।

उनले भने , ‘प्राविधिक पक्षलाई नकारात्मक विषय बनाएर हल्ला गर्नेको व्यापार बन्द भयो । अब हामीले पोखराबाट अन्तर्राष्ट्रिय उडान शुरु गरेर अर्को व्यापार शुरु गर्नुपर्ने भयो । पोखरा विमानस्थल खासगरि २०३२ सालदेखि जग्गा अधिग्रहण गरेर राखिएको थियो । ४० वर्षसम्म पनि बन्न सकेको अवस्था थिएन । त्यसका लागि सरकार ४० वर्षपछि थप जग्गा अधिग्रहण ग¥यो । चीन सरकारको ऋण सहयोगमा विमानस्थल बन्यो । २०२३ जनवरी १ मा यो विमानस्थल विधिवत रुपमा सञ्चालनमा पनि आयो । तर हामीले नियमित रुपमा अन्तरराष्ट्रिय उडान गर्न नसकेको कुरो साचो हो । यसमा अनेक टिकाटिप्पणीहरु पनि भए । यस भ्रमलाई हामीले चिर्न आवश्यक थियो । अहिले अन्तरराष्ट्रिय उडानहरु सफल ढंगले सम्पन्न भएपछि सबै विवादहरु खारेज भएको अवस्था छ ।’

कार्यक्रम आयोजक नाट्टाले अन्नपूर्ण, धौलागिरी लगायत विश्व विख्यात पदयात्रा मार्गहरुको प्रवेशद्वार पोखरा नै भएको उल्लेख गर्दै नियमित उडान सञ्चालन गर्नसके पर्यटन व्यवसायमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति: ११ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?