Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

टर्किएको केन्द्रिय बैंकले नीति दरलाई ४७.५ प्रतिशतमा घटायो


काठमाडौँ । टर्किएको केन्द्रिय बैंकले बिहीवार आफ्नो बेन्चमार्क ब्याज दरलाई २५० आधार बिन्दुले घटाएर ४७.५ प्रतिशतमा पुर्‍याएका छन् ।

महिनौंसम्म दरहरू स्थिर राखेपछि पहिलो पटक कटौती गरेका छन् । यद्यपि बैंकले मासिक मुद्रास्फीतिको अन्तर्निहित प्रवृत्तिमा उल्लेखनीय र दिगो गिरावट नआएसम्म र मुद्रास्फीति अपेक्षाहरू प्रक्षेपण दायरामा परिणत नभएसम्म आफ्नो कडा मौद्रिक अडान कायम रहने बताएका छन् ।

टर्कीले वर्षौंदेखि बढ्दो मुद्रास्फीतिसँग जुधिरहेका छन् । सन् २०२३ को जुनदेखि यस वर्षको मार्चसम्म केन्द्रिय बैंकले मौद्रिक नीतिलाई कडा बनाउन आफ्नो प्रमुख ब्याजदर ८.५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्‍याएका थिए ।

मार्चदेखि नै ब्याजदर यथावत राखेका थिए ।


प्रकाशित मिति: १२ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?