Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

स्कुलमा ‘खेल्दै पढ्दै’ विद्यार्थी


१५ चैत्र, चितवन। चितवनको न्यू होराइजन स्कुलले विद्यार्थीका लागि ‘खेल्दै पढ्दै’ कार्यक्रम सञ्चालन गरेको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित स्कुलका विद्यार्थीलाई ‘कार्यमा आधारित सिकाइ’(एक्सन बेस लर्निङ) मा पठनपाठन सुरु गरिएको हो ।

‘एक्सन बेस लर्निङ’को अवधारणाबाट विद्यार्थीले धेरै छिटो सिकेको र लामो समयसम्म सम्झन सक्ने भएकाले यो सिाइ पद्धति प्रभावकारी देखिएको स्कुलका अध्यक्ष श्रीधर घिमिरले बताए । यस सिकाइ पद्धतिलाई स्कुलेले वर्षभरि नै नियमित क्रियाकलापका रूपमा अघि बढाउने उनले जानकारी दिए ।

टाक्स नेपालका प्रमुख अर्जुन भट्टले विद्यार्थीहरु परम्परागत शैलीमा पढाउँदा खुसी नभएको पाएपछि रमाइलो तरिकाले पढाउने अवधारणा ल्याइएको बताए । कक्षामा विद्यार्थीलाई शारीरिक रूपमा निष्क्रिय बनाइ मानसिक रूपमा मात्र सक्रिय बनाउन खोज्नु अवैज्ञानिक सिकाइ हुने भन्दै उनले सुगा रटाइले विद्यार्थीले सिक्न नसक्ने बताए । विद्यार्थीमा उत्प्रेरणा जगाउनका लागि विद्यालयमा खेल्दै सिक्दै अवधारणा ल्याइएको प्रमुख भट्टले जानकारी दिए । विद्यालय बिदा हुँदा बालबालिका खुसी हुने तर स्कुलमा खुसी नहुने अवस्थाको अन्त्य यो शिक्षण विधिबाट मात्रै सम्भव रहेको उनको भनाइ छ ।

प्रमुख भट्टले बालबालिकालाई खेलसँग जोडेर पठनपाठन गराउँदा उनीहरु शारीरिक र मानसिक दुवै रूपमा बालबालिका सक्रिय हुने गरेको बताए । नर्सरीदेखि कक्षा १२ सम्म यो विधिमा अध्यापन सुरु गरिएको छ । विद्यालयले आन्तरिक मूल्याङ्कन यही क्रियाकलापबाट हुने भन्दै यसले परीक्षामा पनि विद्यार्थी अब्बल देखिएको जनाइएको छ ।

स्कुलका शिक्षक शिशिर तिमिल्सिनाले अतिरिक्त गतिविधिमा आधारित सिकाइ वास्तविक सिकाइ भएकाले यसमा विद्यार्थीको उत्साहजनक र सक्रिय सहभागिता रहेको बताए । उनका अनुसार अभिभावकले पनि यस सिकाइ पद्धति प्रभावकारी देखिएको बताएका छन् ।

न्यू होराइजनमा विद्यार्थीलाई सिकाउने तरिका राम्रो लागेको अभिभावक भेषराज काफ्लेले बताए । “पहिलाजस्तो बोलेर मात्रै सिकाउनु भन्दा देखाएर सिकाउँदा बच्चाहरुले छिटो सिकेको पाएँ । यो तरिकाले पढाउँदा अलि कमजोर बच्चाले पनि राम्रोसँग बुझ्छ”, उनले भने । हरेक विद्यायलले यसरी नै अध्ययन अध्यापन गराउनुपर्ने काफ्लेको भनाइ छ । उनले विद्यालयले यस्ता गतिविधिलाई निरन्तरता दिन सुझाव दिए ।

खेल्दै पढ्दै गर्ने शैलीले आफूहरु खुसी भएको विद्यार्थी प्रकृति कडरिया बताउँछिन् । “देखेर भोगेर जानेका कुराहरु धेरै पछिसम्म सम्झन सकिन्छ । सिक्ने कुरामा आफूमा पनि धेरै परिवर्तन आएको पाएकी छु”, उनले भनिन् ।


प्रकाशित मिति: १५ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?