Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

संघीयता कार्यान्वयनमा संघीय निजामती सेवा विधेयक महत्वपूर्ण दस्तावेजः मन्त्री न्यौपाने


काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले कर्मचारी सरुवा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन संघीय निजामती सेवा विधेयक महत्वपूर्ण हुने बताएकी छिन् ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सोमवारको बैठकमा बोल्दै मन्त्री न्यौपानेले भन्सुनका आधारमा हुने सरुवा प्रक्रियालाई रोक्ने उद्देश्य विधेयकले पूरा गर्ने विश्वास व्यक्त गरिन् । सरुवा—बढुवा प्रणालीलाई व्यवस्थित र अनुमान योग्य हुनेगरी विधेयकलाई समृद्ध बनाउन उनले आग्रह गरिन् । सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शी बनाउन तथा संघीयता कार्यान्वयनका लागि विधेयक महत्वपूर्ण दस्तावेज रहेको उनको भनाइ छ ।

उनले भनिन्, ‘अब कर्मचारीको भन्सुनका आधारमा सरुवा हुने प्रणालीलाई रोक्न यो विधेयक महत्वपूर्ण हुन्छ । अनुमानको आधारमा सरुवा हुने कुरालाई व्यवस्थित गर्नुपर्छ । सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शीहुने कुरामा हामीले सोच्न आवश्यक छ । खासगरी यसको उद्देश्य संघीयतालाई कार्यान्वयन गर्नको लागि महत्वपूर्ण हुनेछ ।’

प्रतिनिधि सभाबाट पास भइसकेको विधेयकमाथि थप छलफल आवश्यक रहेको भन्दै राष्ट्रिय सभाले विधायन व्यवस्थापन समितिमा पठाएको थियो । समितिमा विधेयकका १९३ वटा बुँदामा १६ वटा समूहमा सांसदहरुले संशोधन प्रश्ताव राखेका छन् ।


प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?