काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अंकारामा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भेट गरेका छन् ।
बैठक अंकारा एसेनबोगा एयरपोर्टमा भएको थियो । ब्लिन्केन जोर्डनको भ्रमणपछि टर्कीको राजधानी आइपुगेका हुन् । उनले शुक्रवार टर्कीका विदेशमन्त्री हाकान फिदानसँग भेट गरेका छन् ।
ब्लिन्केनको भ्रमण सिरियाको चलिरहेको राजनीतिक संकटबारे छलफलमा केन्द्रित भएको टर्कीको विदेश मन्त्रालयले जनाएका छन् ।
सिरियाको राजनीतिक संक्रमण र इजरायल, गाजा र लेबनानका घटनाक्रमलगायत क्षेत्रीय गतिशीलताबारे पनि छलफल हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएका छन् ।
प्रकाशित मिति: २९ मंसिर २०८१, शनिबार