Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

एनपिएलः काठमाडौं गुर्खाज छ विकेटले विजयी


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को शनिबार भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गरेका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखराले दिएको एक सय ३९ रनको लक्ष्य काठमाडौंले १४ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा पूरा गरे । यो जितसँगै काठमाडौं गुर्खाज प्लेअफ नजिक पुगेका छन्  ।

काठमाडौंको जितमा स्टेफन स्किनाजीले अर्धशतकीय पारी खेले  । उनले  ३४ बल खेल्ने क्रममा १० चौकासहित ६० रनको योगदान दिए  । त्यसबाहेक माइकल लेभिटले ३२, गेर्हार्ड एरासमुसले अविजित २५ र भीम सार्कीले २२ रनको योगदान दिए  । पोखराका लागि विपीन खत्रीले तीन विकेट लिनुभयो भने मिचेल लेस्कीले एक विकेट हात परे  ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३८ रन बनाएका थिए  । उसका लागि रेमन रेफरले ३० बलमा तीन छक्का र एक चौकाको मद्दतले ४१ रन बनाए  ।

साथै दिनेश खरेलले ३८ र दिलीप नाथले २७ रन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन्  । गोमेलले आठ, कप्तान कुशल भुर्तेलले सात, विपीन खत्रीले चार, सागर ढकाल र माइकल लीस्कले समान एक/एक रन जोडे  ।

पोखरालाई मध्यमक्रममा समेट्ने क्रममा काठमाडौंका लागि कप्तान करण केसी र रासिद खानले समान तीन/तीन विकेट लिए  । यस्तै, गेर्हार्ड इरास्मस र माइकल लेविटले एक/एक विकेट लिए  ।

आजै हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्दैछन् ।


प्रकाशित मिति: २९ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?