Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

घर, जग्गाको समस्या समाधान गर्न सबै व्यवसायीसँग सहकार्य गरी अघि बढ्छुः अध्यक्ष घिमिरे


नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले देशभरका व्यवसायीका समस्या समाधानका एक भएर अघि बढ्नुपर्ने बताएका छन्  ।

सबै व्यवसायीहरुका समस्या सुनेर समाधान गर्ने बाटोमा आफू अग्रसर हुने बताए  । शुक्रवार महँसंघको अध्यक्षमा घिमिरे सर्वसम्मत चयन भए  । अध्यक्षमा चयन भएसँगै न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले  घर जग्गाको क्षेत्रमा रहेका समस्या समाधानका लागि देशभरका व्यवसायीहरुसँग सहकार्य गर्ने बताए । उनले  घर जग्गाको व्यवसाय खस्किएकोमा व्यवसायीमात्रै नभइ सरकार पनि गम्भीर रहेकाले चाँडै समस्या समाधान हुने विश्वास व्यक्त गरे  ।

उनले  समस्याको समाधान छिटै हुने र व्यवसायीहरु उत्साहित रहेको उल्लेख गरे  । छिटै घरजग्गा कारोबार पुरानै लयमा आउने  बताए  । बैंकहरुमा पैसा थुप्रिएर बस्दा पनि त्यसलाई ऋण प्रवाह गर्ने राम्रो खालको कानूनी व्यवस्था नल्याउँदा केही असहजता रहेको बताए  । बैंकिङ क्षेत्रमा थोरै सुधार भए अहिलेका समस्या समाधान हुने उनको  विश्वास छ ।

उनले   भने , ‘सहजतापूर्वक लिएर जान्छु र सबै साथीहरुसँग मिलेर र देशभरका व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढ्छु । देशभरका व्यवसायीका समस्यालाई लिएर अघि बढ्छु । म निर्विरोध भएका कारणले सम्पूर्ण व्यवसायीहरुले मलाई साथ दिनुहुन्छ भन्ने लाग्छ । सबैले साथ दिँदा जस्तोसुकै चुनौति आएपछि समाधान गर्न सकिन्छ । घर जग्गाको व्यवसाय खस्किएकोमा हामी मात्रै होइन, सरकार पनि चिन्तित रहेछ भन्नेकुरा थाहा पाएका छौँ । हाम्रो सुनुवाई हुन्छ, व्यवसायीहरु उत्साहित छन् र यो व्यवसया पुरानै अवस्थामा आउँछ । राष्ट्र बैंकको नीति नै हामीले भनेको जस्तो नभएको लागेको छ । बैंकहरुमा पैसा थुप्रिएर बस्दा पनि त्यसलाई ऋण प्रवाह गर्ने राम्रो खालको कानूनी व्यवस्था नल्याएको हुनाले अफ्ठ्यारो छ । बैंकिङ क्षेत्रमा थोरै सुधार भयो भने सम्पूर्ण कुराहरुको समाधान हुन्छ ।’

काठमाडौंमा शुक्रवार सम्पन्न तेस्रो महासभाबाट वरिष्ठ उपाध्यक्षमा विदुर धमला, उपाध्यक्षमा राजकुमार राई, दीपक कुँवर र पुरुषेत्तम पौड्याल निर्विरोध चयन भएका छन् । महासचिवमा रोशन भोयद्यो, सचिवमा घनश्याम पोखरेल र कोषाध्यक्षमा अरूणस्तोम त्रिपाठी निर्वाचित भएका छन् । सदस्यमा दशरथ पौडेल, उपेन्द्रप्रसाद अवस्थी, तुलसीप्रसाद अधिकारी, बहादुरकृष्ण ताम्राकार, लीलाबहादुर अधिकारी, मणिकुमार प्रसाईं र देवकुमार महत्तो निर्वाचित भएका छन् ।


प्रकाशित मिति: २९ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?