Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

सरकार र राष्ट्र बैंकले समन्वय गरेर निर्माण कम्पनीलाई भुक्तानि गर्नुपर्छः अध्यक्ष सिंह


काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकार र राष्ट्र बैंकले समन्वय गरेर निर्माण कम्पनीलाई भुक्तानिको व्यवस्था गर्न माग गरेका छन्  ।

शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारण सभामा बोल्दै उहाँले यस्तो बताएका हुन् ।  उनले  मंसिरपछि ९० प्रतिशत भन्दा बढी निर्माण व्यवसायीहरु धराशायी हुने बताए । उनले सरकारले त्यो अगाडि नै राष्ट्र बैंकसँग समन्वय गरेर समस्या समाधान गर्न माग गरे ।  उनले  म्याद थप गरेर मात्रै निर्माण व्यवसायीहरुका समस्या समाधान नहुने भन्दै मुलुकको अर्थतन्त्र सहज र चलायमान बनाउनका लागि सरकारले पहल गर्नुपर्ने बताए ।

मुलुकको निर्माण क्षेत्र, उद्योगलाई चलायमान गर्ने काम सरकारबाट हुन नसकेको आरोप लगाए । उनले  किस्ता नतिरेका कारण बैंकबाट थप कारोबार गर्न नपाएकाले एलसीहरु सहज खोलिदिन माग गरे  ।

उनले  भने , ‘निर्माण क्षेत्रमा जुन सकस छ, धराशायी हुने काम भइरहेको छ । हिजोको दिनमा मौद्रिक नीति ल्याउँदै गर्दा राष्ट्र बैंकले के कति कारणले निर्माण क्षेत्र समस्याग्रस्त छ, यसलाई सम्बोधन गर्न हामीले माग गरेका थियौँ, असोजसम्म ब्याज तिर्ने समय र किस्ता तिर्ने समय प्रदान गर्नुप¥यो भनेर माग गर्दैगर्दा राष्ट्र बैंकले सरकारसँग समन्वय गरेर उहाँहरुले थप दुई महिना मंसिरसम्मको समय दिनुभयो । त्यसपछि उहाँहरुको दायित्व के हो ? त्यो म्याद थप गरेर मात्रै हामीलाई सहज हुन्छ र ? मुलुककको अर्थतन्त्र सहज हुन्छ र ? हामीले राष्ट्र बैंकले दिएको त्यो सुविधाबाट बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो ब्यालेन्ससिटलाई सहज बनाउने काम त भएको छ तर मुलुकको अर्थतन्त्र चलायमान गर्ने काम, मुलुकको निर्माण क्षेत्र, उद्योगलाई चलायमान गर्ने काम पटक्कै पनि भएको छैन । मैले अर्थमन्त्रीलाई निर्माण व्यवसायीहरुलाई मंसिरसम्म ऋण तिर्ने भाकामात्रै सारिदिनुभयो तर त्यसले हामी निर्माण क्षेत्रलाई अघि बढाउन सकेनौँ भनेको छु । किस्ता नतिरेका कारण हामीले थप कारोबार गर्न पाएनौँ । हामीले सहज कारोबार गर्न त एलसीहरु सहज रुपमा खोलिनु पर्दथ्यो । मंसिरपछि निर्माण क्षेत्रलाई धराशायी गर्न खोजेको हो ? मंसिरपछि ९० प्रतिशत भन्दा बढी निर्माण व्यवसायीहरु डिफल्ट हुन्छन् । यसको निराकरण समय थप गरेर होइन, मुलुकको अर्थतन्त्र चलायमान गर्न, अर्थ मन्त्रालय, राष्ट्र बैंक, सरकारले समन्वय गरेर हामी निर्माण कम्पनीलाई भुक्तानिको व्यवस्था गर्नुपर्छ । साढे ६ खर्बका श्रोत बिनाका योजनालाई पुनः प्राथमीकिकरण गरेर हाम्रो सुझावअनुसार एक खर्बभित्रमा ति योजनाहरु समायोजन नगरेसम्म नेपालमा विकास निर्माणको काम चलायमान हुँदैन ।’

उनले  साढे ६ खर्बका श्रोत बिनाका योजनालाई पुनः प्राथमीकिकरण गरेर र एक खर्बभित्रमा उक्त योजनाहरु समायोजन नगरेसम्म नेपालमा विकास निर्माणको काम चलायमान हुन नसक्ने जिकिर गरे ।


प्रकाशित मिति: २९ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?