Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

उद्योगहरुलाई एक पटक आफ्नो ऋण पुनःतालिकीकरण गर्न पाउने सुविधा दिनुपर्छः अध्यक्ष अग्रवाल


काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले उद्योगहरुलाई आफ्नो ऋण पुनःतालिकीकरण गर्न पाउने सुविधा दिनुपर्ने बताएका छन्   ।

शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारण सभामा बोल्दै उनले  यस्तो बताएका हुन्  । उनले  अहिले उद्योगहरुको ब्ल्याक लिस्टिङ बढिरहेको उल्लेख गर्दै एक पटक सबैलाई आफ्नो ऋण पुनःतालिकीकरण गर्न पाउने सुविधा नेपाल राष्ट्र बैंकले दिनुपर्ने बताए  ।

उनले  युवा पलायन आजको दिनमा ठूलो समस्याको रुपमा रहेको उल्लेख गरे ।  उनले मौसमअनुकुलताका कारण नेपालका लागि सूचना प्रविधि क्षेत्र प्रचुर सम्भावना भएको महत्वपूर्ण क्षेत्र रहेको बताए ।  उनले सूचना प्रविधिको क्षेत्रमा युवाहरुले राम्रो काम गरिरहेको बताए । युवाहरुको पलायन रोक्न पनि सूचना प्रविधि क्षेत्रमा लगानी प्रवद्र्धन गर्न जरुरी रहेको बताए ।

उनले भने , ‘अहिलेको अवस्थामा जुन हिसावले उद्योगहरु समस्यामा परेको छ । ब्ल्याक लिस्टिङ बढिरहेको छ । यो एकचोटी क्रस द बोर्ड सबैलाई आफ्नो ऋण पुनःतालिकीकरण गर्न पाउने सुविधा नेपाल राष्ट्र बैंकले दिनुपर्ने हुन्छ । युवा पलायन आजको दिनमा ठूलो समस्याको रुपमा छ । मौसमअनुकुलताका कारण नेपालका लागि सूचना प्रविधि क्षेत्र प्रचुर सम्भावना भएको महत्वपूर्ण क्षेत्र हो । सूचना प्रविधिको क्षेत्रमा हाम्रा युवाहरुले राम्रो काम गरिरहेका छन् । युवाहरुको पलायन रोक्न पनि सूचना प्रविधि क्षेत्रमा प्रवद्र्धन गर्न अति आवश्यक छ ।’

अध्यक्ष अग्रवालले उच्च पहाडी तथा हिमाली क्षेत्रमा डेटा सेन्टर स्थापना गर्न आवश्यक रहेको बताए ।


प्रकाशित मिति: २९ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?