Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

उर्जा विकास मार्गचित्र पास हुने भएसँगै उर्जा व्यवसायी उत्साहित


काठमाडौँ । प्रभावकारी बन्दै इप्पानको फ्राइडे फोरम
उर्जा विकास मार्गचित्र आगामी मन्त्रीपरिषद्को बैठकबाट पास हुने भएसँगै उर्जा उत्पादक व्यवसायीहरु उत्साहित भएका छन् ।

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उर्जा उत्पादकहरुसँगको फ्राइडे फोरम कार्यक्रममा आगामी मन्त्रीपरिषद्को बैठकबाट पास गर्ने बताएसँगै व्यवसायीहरु उत्साहित भएका हुन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का महासचिव बलराम खतिवडाले उर्जा विकास मार्गचित्र पास हुने मन्त्री खड्काको प्रतिवद्धतासँगै उर्जा उत्पादक व्यवसायीहरु उत्साहित रहेको बताए  ।

उनले  तत्काल पिपिए खोल्नेदेखि हाइड्रोलोजी पेनाल्टीका कुराहरु पनि तत्काल सम्बोधन गर्ने मन्त्री खड्काको प्रतिवद्धताले आफूहरुलाई उत्साहित बनाएको बताए  । प्रत्येक महिनाको अन्तिम शुक्रवार इप्पानले फ्राइडे फोरम कार्यक्रम सञ्चालन गर्दछन्  । कार्यक्रममा उर्जासँग सम्बन्धित विषयहरु र प्रविधिको बारेमा छलफल हुने महासचिव खतिवडाले बताए  ।

उनले  भने , ‘इप्पानले विगतका केही समयदेखि नै महिनाको अन्तिम शुक्रवार फ्राइडे फोरम कार्यक्रम राखेर समसामयिक विषयमा र उर्जासँग सम्बन्धित क्षेत्रका विषयमा छलफलको कार्यक्रम चलाउँदै आएका छौँ । आज हामीले सस्टेनेबल डेभलपमेण्ड एण्ड इन्फास्ट्रक्चर इनोभेस भन्ने विषयमा छलफल गरेका छौँ । इन्फास्ट्रक्चरमा नयाँ नयाँ प्रविधि के आइरहेको छ । कसरी आइरहेको छ भन्नेकुरामा फोकस गरेका छौँ । उर्जा विकास मार्गचित्र लगायतका जल्दाबल्दा विषयहरु छन् । त्यो तुरुन्तै अब बस्ने मन्त्रीपरिषद्को बैठकबाट पास हुँदैछ भनेर मन्त्रीज्युले भन्नुभयो । सरकारले निजी क्षेत्रको साथ लिएर नै अघि बढ्नेछ भन्नेकुरा राख्नुभयो । तत्काल पिपिए खोल्नेदेखि हाइड्रोलोजी पेनाल्टीका कुराहरु पनि तत्काल सम्बोधन गर्छु भन्नुभएको छ । यसले हामीलाई उत्साहित पनि बनाएको छ । फ्राइडे फोरम निरन्तर चलिरहन्छ । प्रत्येक महिनाको अन्तिम शुक्रवार हुन्छ । यो एकदमै प्रभावकारी भएको छ । नयाँ टेक्नोलोजीको बारेमा जानकारी लिने माध्यम बनेको छ ।’

उनले  फ्राइडे फोरम कार्यक्रम प्रभावकारी बन्दै गएको र नयाँ प्रविधिको जानकारी लिने माध्यम बनेको बताए ।


प्रकाशित मिति: २९ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?