Trending
>>   सरकार र राष्ट्र बैंकले समन्वय गरेर निर्माण कम्पनीलाई भुक्तानि गर्नुपर्छः अध्यक्ष सिंह >>   दुई ठूला राजनीतिक दलहरु मिलेर बनेको सरकारले पनि अर्थतन्त्र सुधार गर्न सकेनः अध्यक्ष अग्रवाल >>   अर्थतन्त्र चलायमान बनाउन सबैले जिम्मेवारी वहन गरौँः अध्यक्ष ढकाल >>   उद्योगहरुलाई एक पटक आफ्नो ऋण पुनःतालिकीकरण गर्न पाउने सुविधा दिनुपर्छः अध्यक्ष अग्रवाल >>   एनपिएलः काठमाडौं गुर्खाज छ विकेटले विजयी >>   एनपिएलः पोखराद्वारा काठमाडौं सामु १३९ रनको लक्ष्य प्रस्तुत >>   अफ्रिकाका १५ करोड मानिस ‘चरम गरिबी’मा >>   नेवार समुदायलाई योमरी बनाउन भ्याइनभ्याइ (फोटो फिचर) >>   उर्जा विकास मार्गचित्र पास हुने भएसँगै उर्जा व्यवसायी उत्साहित >>   घर, जग्गाको समस्या समाधान गर्न सबै व्यवसायीसँग सहकार्य गरी अघि बढ्छुः अध्यक्ष घिमिरे
Logo
२९ मंसिर २०८१, शनिबार
२९ मंसिर २०८१, शनिबार

विरासत कर परिवर्तनलाई लिएर बेलायतभर किसानको विरोध प्रदर्शन


काठमाडौँ । सरकारले कृषि परिवारका लागि विरासत करमा नियोजित परिवर्तनको बिरूद्ध आफ्नो विरोध जारी राख्दै बेलायती किसानले देशभर आफ्ना ट्याक्टरहरू लिएर जुलुस निकालेका छन् ।

लण्डनमा सयौं ट्याक्टर चालकहरू वेस्टमिन्स्टर हुँदै बिरोध जनाए । आफ्नो कृषि सवारीसाधनलाई ह्वाइटहल र संसदको सदन बाहिर लाइन लगाएका थिए । ट्याक्टरहरू योर्क, वेस्ट मिडल्याण्ड्स, डर्बीशायर र अन्य शहर र सडकमा पनि उतारेका थिए ।

कृषि सम्पती राहत (एपीआर) र व्यापार सम्पती राहत (बीपीआर) को नियमहरू परिवर्तन गर्ने योजनामा रहेको अक्टोबरमा बजेटपछि यो दोस्रो ठूलो किसानको विरोध थियो ।

आलोचकहरूले यो नीतिले घरेलु खाद्यान्न उत्पादन घटाउन र आयातमा निर्भरता बढाउने चेतावनी पनि दिएका छन् ।


प्रकाशित मिति: २९ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?