काठमाडौँ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले सिरियामा इजरायली हमलाप्रति चिन्ता व्यक्त गरेका छन् ।
सिरियाको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको उल्लङ्घनप्रति उनले चिन्ता व्यक्त गर्दै तनाव कम गर्न आग्रह गरेका हुन् । देशभर हिंसालाई कम गर्न पक्षहरूलाई आग्रह गरेका उनका प्रवक्ता स्टेफेन दुजारिकले बताए ।
सिरियामा विश्वसनीय, व्यवस्थित र समावेशी संक्रमणकालीन व्यवस्थालाई समर्थन गर्न आवश्यक रहेको बताए ।
प्रकाशित मिति: २९ मंसिर २०८१, शनिबार