Trending
>>   शिक्षा सुधारका लागि तत्काल शिक्षा ऐन ल्याउनुको विकल्प छैनः शिक्षामन्त्री भट्टराई >>   विद्यार्थी विदेशिने समस्या डरलाग्दो छः सभापति देउवा >>   जलवायु सम्मेलनमा नेपालको तर्फबाट नेगोसिएशन प्रभावकारी बनाउन स्थायी प्रकृतिको संरचना बनाउनुपर्नेमा जोड >>   क्रान्तिकारीहरुको लडाईं अझै टुंगिएको छैनः अध्यक्ष दाहाल >>   जलवायु परिवर्तनको असरले नेपालको कृषि उत्पादनमा ४० प्रतिशत कमी >>   न्यायाधीश नियुक्तिमा बेइमानी भइरहेको छः मुख्यमन्त्री सिंह >>   सरकारी नम्बर प्लेटका दुई गाडीबाट ६ सय ९० किलो गाँजा बरामद >>   विवाहपञ्चमीः जानकी मन्दिरमा १०८ मिटरको चुनरी चढाइयो >>   एनपिएलः काठमाडौंको पहिलो जित, कर्णालीको दोस्रो हार >>   जनतालाई न्याय दिन बाधा पुगेको ठाउँमा संविधान संशोधन हुन्छः कानूनमन्त्री
Logo
१९ मंसिर २०८१, बुधबार
१९ मंसिर २०८१, बुधबार

टर्किएद्वारा ७७ आइएस संदिग्ध पक्राउ


काठमाडौँ । टर्की प्रहरीले मंगलवार देशभर ठूलो मात्रामा कारबाही गर्दै आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) सँग आवद्ध ७७ जना संदिग्धलाई पक्राउ गरेका छन् । राज्य–सञ्चालित अनादोलु एजेन्सीले यो अपरेसन पश्चिमी बन्दरगाह शहर इज्मिरमा मुख्य सार्वजनिक अभियोजकको कार्यालयका अभियोजकहरूले आईएसलाई वित्त पोषण गर्ने अनुसन्धानको एक हिस्सा रहेको बताएका छन् ।

अभियोजकहरूले ११४ संदिग्धहरूलाई पक्राउ पुर्जी जारी गरेका थिए । अन्य २९ जना अभियुक्तलाई पक्राउ गर्ने प्रयास जारी छ भने ८ जना विदेशमा छन् । छापा मार्ने क्रममा अधिकारीहरूले ठूलो संख्यामा डिजिटल सामग्री र प्रतिवन्धित प्रकाशनहरू पनि बरामद गरेका थिए ।


प्रकाशित मिति: १९ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?