Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

क्रान्तिकारीहरुको लडाईं अझै टुंगिएको छैनः अध्यक्ष दाहाल


काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले क्रान्तिकारीहरुको लडाईं अझै नटुंगिएको बताएका छन्   ।

बुधवार काठमाडौंमा गणतन्त्र सेनानी सम्मान—२०८१ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  । जनताका लागि गणतन्त्र बनाउन अझै बाँकी रहेको उनको भनाइ छ । उनले जनयुद्ध उत्कर्षतिर जाँदै गर्दाका प्रमुख राजनीतिक दलहरु नै अहिले सत्तामा रहेको उल्लेख गर्दै गणतन्त्र खतरामा रहेको संकेत गरे  उनले आफूहरु अहिले पनि जनयुद्धताका जस्तै विपक्षमा रहेको बताए । उनले सबै कम्युष्टिहरु एक हुनुपर्ने आवश्यकता औंल्याए । उनले देशलाई गणतन्त्रमा रहनबाट कसैले रोक्न नसक्ने दाहालको टिप्पणी थियो ।

उनले भने , ‘हाम्रो लडाईं टुंगिएको छैन, हाम्रो लडाईं जारी नै छ । हामी जतिबेला जनयुद्धको उत्कर्षतिर जाँदै थियौँ । राज्यमा अहिले सरकारमा भएका प्रमुख भनिएका पार्टीहरु नै सरकारमा थिए । सत्तामा थिए । हामी क्रान्तिमा थियौँ, अर्को भाषामा भन्ने हो भने उनीहरु सत्तामा थिए, हामी त्यसका विद्रोही पक्ष थियौँ । त्यसको बिरोधी पक्ष थियौँ, प्रतिपक्ष थियौँ पनि भन्न सकिन्छ । अहिले घुम्दै परिस्थिति त्यही दिशातिर जाँदैछ । म तमाम कमाण्डर कमरेडहरुलाई, डेपुटि कमाण्डरदेखि अन्य कमाण्डरहरुलाई विशेष रुपले ध्यानाकर्षित गर्न चाहन्छु । हामी फेरि एकचोटि प्रतिक्रियावादी र बुर्जुवाहरु सत्तामा छन्, हामी क्रान्तिकारीहरु प्रतिपक्षमा छौँ । हामी त्यही किसिमको विद्रोहमा फेरि छौँ । परिस्थिति नयाँ ढंगले हामीले उहिल्यै आँकलन गरेको जस्तै गणतन्त्रमा त यो देशलाई अब कसैले रोक्न सक्दैन ।’

अध्यक्ष दाहालले क्रान्तिकारीहरुले जनताको गणतन्त्र बनाउनेतिर फेरि एउटा लडाईं लड्नुपर्ने आवश्यकता देखिएको बताए ।


प्रकाशित मिति: १९ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?