Trending
>>   जनतालाई न्याय दिन बाधा पुगेको ठाउँमा संविधान संशोधन हुन्छः कानूनमन्त्री >>   उपनिर्वाचनको परिणाम सकारात्मकः महामन्त्री शर्मा >>   उपनिर्वाचनको नतिजा निराशाजनक छैन तर समिक्षा गर्छौंः ईश्वर पोखरेल >>   घानामा आम चुनाव अघि विशेष मतदान >>   सुडानी सेनाले मध्य सुडानका प्रमुख क्षेत्रहरू पुनः कब्जा गरेको छः रक्षामन्त्री >>   टर्किएद्वारा ७७ आइएस संदिग्ध पक्राउ >>   दक्षिण कोरियाः राष्ट्रपति कार्यालयका सबै वरिष्ठ सचिवद्वारा राजीनामाको घोषणा >>   टर्कीको वार्षिक मुद्रास्फीति नोभेम्बरमा ४७.०९ प्रतिशतमा घट्यो >>   आज मिति २०८१ साल मङ्सिर १९ गते बुधबार,हेर्नुहोस आजको राशिफल >>   राष्ट्रपतिसमक्ष राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
Logo
१९ मंसिर २०८१, बुधबार
१९ मंसिर २०८१, बुधबार

नेपालमै विद्युत खपत बढाउनुपर्छः राज्यमन्त्री तामाङ


काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले नेपालमै विद्युत खपत गर्न सक्नुपर्नै बताएका छन् ।

फोटो पत्रकार क्लवको मंगलवारबाट काठमाडौंको कला परिषद्मा शुरु भएको पावरिङ—नेपालः उर्जा क्षेत्रमा एशियाली विकास बैंक(एडिबी)—नेपाल साझेदारीको पाँच दशक विषयक फोटो प्रदर्शनीको उद्घाट गर्दै उनले यस्तो बताएका हुन् । राज्यमन्त्री तामाङले नेपालमा उत्पादित विद्युत अब बेच्नेतिर भन्दा पनि स्वदेशमै खपत बढाउनुपर्नेमा ध्यान दिन आवश्यक रहेको उल्लेख गरे । उत्पादित विद्युत खपत बढाउन नेपालमा विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

उनले भने , ‘अब हामी नेपालमा विद्युत यत्रो उत्पादन शुरु भइरहेको छ । अब विद्युत बेच्ने कुराहरु भनिसक्नुभएको छ । बंगलादेश, भारतमा बेच्ने कुराहरु भइरहेको छ । तर अब नेपालमा खपत गर्नुपर्छ । काठमाडौं उपत्यकाका तीन वटा जिल्लामा करिव ३ हजार ट्याक्सीहरु चलिरहेको छ । पोखरामा २२ सय ट्याक्सी चलिरहेको छ पेट्रोलमा । विराटनगर, भैरहवा, जेपालगञ्ज, जनकपुरमा चलिरहेको छ । अब उर्जा मन्त्रालयले विद्युतीय ट्याक्सी चलाउन विदेशी दातासँग सहयाग मागेर अघि बढ्नुपर्छ ।’


प्रकाशित मिति: १८ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?