Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

राष्ट्रपतिसमक्ष राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

मंगलवार राष्ट्रपति भवन शितलनिवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन पेश गर्नुभएको हो । प्रतिवेदन पेश गर्दै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले प्रतिवेदनमा आयोगले एक वर्षको गरेको काम र मुलुकको मानवअधिकारको अवस्थाका विषय समावेश गरिएको बताए । उनले आयोगमा भएका उजुरीउपर भएका छानविन,अनुसन्धान,अनुगमन तथा नेपाल सरकारलाई गरेका सिफारिस समेत प्रतिवेदनमा समावेश गरिएको बताए । उनले आर्थिक वर्ष २०८०÷०८१मा आयोगका कार्यालयमा मानवअधिकारको उल्लङ्घन सम्बन्धि ११० उजुरी दर्ता भएको बताए । उनले यो अवधीमा पुराना र नयाँ गरी ३६८ उजुरीको अनुसन्धान सम्पन्न भएको उल्लेख गरेका छन् । उनले अनुसन्धानको विषयमा ३९ पटक बैठक बसी १६१ वटा उजुरी र नीतिगत सिफारिस गरिएको बताउदै उनले यो अवधीमा २७६ उजुरी तामेलीमा राखिएको १५ उजुरी खारेज गरिएको बताए ।

उक्त कार्यक्रममा राष्ट्रपति पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र संवद्र्धन भएमा मात्र मुलुकमा कानूनी राज्यको अवधारणा तथा बहुदलीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताउएका छन् ।


प्रकाशित मिति: १८ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?