Trending
>>   एनपिएलः काठमाडौंको पहिलो जित, कर्णालीको दोस्रो हार >>   जनतालाई न्याय दिन बाधा पुगेको ठाउँमा संविधान संशोधन हुन्छः कानूनमन्त्री >>   उपनिर्वाचनको परिणाम सकारात्मकः महामन्त्री शर्मा >>   उपनिर्वाचनको नतिजा निराशाजनक छैन तर समिक्षा गर्छौंः ईश्वर पोखरेल >>   घानामा आम चुनाव अघि विशेष मतदान >>   सुडानी सेनाले मध्य सुडानका प्रमुख क्षेत्रहरू पुनः कब्जा गरेको छः रक्षामन्त्री >>   टर्किएद्वारा ७७ आइएस संदिग्ध पक्राउ >>   दक्षिण कोरियाः राष्ट्रपति कार्यालयका सबै वरिष्ठ सचिवद्वारा राजीनामाको घोषणा >>   टर्कीको वार्षिक मुद्रास्फीति नोभेम्बरमा ४७.०९ प्रतिशतमा घट्यो >>   आज मिति २०८१ साल मङ्सिर १९ गते बुधबार,हेर्नुहोस आजको राशिफल
Logo
१९ मंसिर २०८१, बुधबार
१९ मंसिर २०८१, बुधबार

शिक्षा विधेयक चाँडो ल्याउनुपर्छः उपसभामुख राना


काठमाडौँ । उपसभामुख इन्दिरा रानाले शिक्षा विधेयक चाँडो ल्याउनुपर्ने बताएका छन् ।

मंगलवार ललितपुरमा कानून निर्माण तथा संसदीय निगरानीमा समितिहरुको प्रभावकारिताबारे छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले अहिलेसम्म शिक्षा विधेयक बन्न नसक्नु दुःखद् भएको बताईन् । उनले शिक्षा नीतिले देशको भविष्य निर्धारण गर्ने भन्दै राम्रो नीति बनाउनुपर्नेमा जोड दिईन् । उनले स्वदेशमै रोजगारी वृद्धि गरी युवा जनशक्तिलाई देश विकासमा लगाउनुपर्ने बताईन् ।

उनले भनिन् , ‘अहिलेसम्म हाम्रो शिक्षा विधेयक बनेको छैन । त्यो शिक्षा नीति, विधेयकले हाम्रो देशको भविष्य तय गर्दछ । अहिले हामीसँग त्यो राम्रो नीति नै छैन । उहाँहरुले रोजगारका कुराहरु गर्नुभएको छ । हामी पश्चिमी मुलुकमा पठाउँछौँ बच्चाहरुलाई । पश्चिमी मुलुकमा जान तयार बनाउँछौँ । अहिले टेन प्ल्स टुका स्टुडेण्डहरु हेर्ने हो भने सबै विदेश जान प्रिपेयर गरिरहेका छन् । हामीसँग भएका जुन श्रोतहरु छन्, हामीसँग भएका जतिपनि पोर्टिनसियलता छ, त्यस्तो किसिमको शिक्षाहरुको हामीले प्रि स्कुलबाट बनउनु प¥यो । जे को अभाव छ, देश प्रेमप्रति बनाउनु प¥यो । त्यस्तो किसिमको कार्यक्रम सिर्जना गर्नुप¥यो र शिक्षा नीति चाँडो भन्दा चाँडो हाम्रो विधेयक बन्नुपर्छ ।’

उपसभामुख रानाले शिक्षाको विकासका लागि सबै एकजुट हुनुपर्ने बताईन् ।


प्रकाशित मिति: १८ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?