काठमाडौँ । सोहेल तनभिरको पाँच विकेट प्रेरणामा चितवन राइनोजले पहिलो खेलमा जित निकालेको छ ।
टियु क्रिकेट मैदानमा चितवनले काठमाडौं गुर्खाजमाथि पाँच विकेटको जित निकाल्दै एनपिएलमा सुखद् शुरूवात गरेका हुन् । ब्याटरले निकै संघर्ष गर्नुपरेको खेलमा काठमाडौंले ११२ रनको सामान्य लक्ष्य दिएका थिए । जुन, लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गरे । एक समय ८.५ मा ६८÷५ को अवस्थामा हुँदा चितवन पनि दबाबमा थिए । तर अनुभवी ब्याटर शरद भेषावकर र युवा ब्याटर सन्तोषी कार्कीले सम्हालिएर खेल्दै १७ बलअगावै जित सुरक्षित गराए । यी दुईले छैटौं विकेटका लागि ४६ रनको साझेदारी गरे ।
सन्तोषले ३१ बलमा २८ रन र शरदले २१ बलमा ११ रन जोडे । सन्तोषको इनिङमा दुई चौका र एक छक्का रह्यो । कुशल मल्लको कप्तानीमा रहेको चितवनले आक्रमण शुरूवात गर्ने प्रयास गरेक थिए । तर स्पिनर साहब आलमले दोस्रो ओभरमा नै दीपक बोहरालाई ७ रनमा एलबिडब्लु गर्दै काठमाडौंलाई राम्रो शुरूवात दिलाए । साहबले नै चौथो ओभरमा अर्का ओपनर हसन इसाखिललाई १२ रनमा आउट गरे । त्यसपछि ब्याटिङमा आएका कप्तान कुशल र लुक बेनकेन्सटेनले इनिङ अगाडि बढाउने प्रसाल गरे । तर जेरार्ड इरासमस सातौं ओभरमा लुकलाई २२ रनमा एलबिडब्लु गर्दै यो साझेदारी तोडे ।
लगत्तै अर्को ओभरमा कुशल पनि ११ रनमा नै पेभेलियन फर्किए । इङल्याण्ड अलराउण्डर रवि बोपाराले आक्रामक ब्याटिङ गर्ने प्रयास गरे । फेरि स्पिनर साहबले नै बोपारालाई ११ रनमा आउट गरे । यससककंगै चितवनका पाँच विकेटरो पतन भयो । तर, शरद र सन्तोषले समालिएर खेल्दै सहज जित दर्ता गरे । काठमाडौंको बलिङमा साहबले तीन तथा जेरार्ड र डान डाउथवेटले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ पाएको काठमाडौं गुर्खाजले निर्धारित २० ओभरमा १११ रनको सामान्य योगफल खडा गरे । पाकिस्तानका तिब्र गतिका बलर सोहेलसककंगै चितवनका बलिङसामु काठमाडौंका ब्याटर लामो समय क्रिजमा टिक्नै सकेन । काठमाडौंले दोस्रो ओभरमै ओपनर स्टेफन इस्किनाजीलाई २ रनमा गुमाए । तर अर्का ओपनर मिकाइल लेभित र सुमित महर्जनले इनिङ समाल्ने प्रयास गरे । तनभिरले नै लेभितलाई २५ रनमा आउट गर्दै यो साझेदारी तोडे । उनले १६ बलमा चार चौका र एक छक्का हिर्काए । त्यसपछि सुमित क्रिजमा टिक्ने प्रयास गरे । उनले ४१ बलमा २९ रन जोडे । उनको इनिङमा एक चौका मात्र रह्यो । चितवनका कप्तान कुशलले जेरार्डलाई २ ४ रन र सोहेलले भीम सार्कीलाई १ रनमा आउट गर्दै काठमाडौंलाई ५.२ ओभरमा ३४÷४ को स्थितिमा पु¥याए । तर शंकर रानाले १६ रन र डान डाउथवेटले १९ रन जोड्दै इनिङ उकास्ने प्रयास गरे । अमर रौटेलाले शंकरलाई विकेटकिपर विपिन राउलबाट क्याच गराए । सोहेलले काठमाडौंका कप्तान करण केसी र साहबलाई समान १ रनमा पेभिलियन फर्काउककंदै सस्तैमा रोके । चितवनको बलिङमा सोहेलले ४ ओभरमा पाँच विकेट लिँदा रिजन ढकाल, कुशल, अमर र लुकको नाममा समान एक विकेट रह्यो ।
प्रकाशित मिति: १७ मंसिर २०८१, सोमबार