Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सिरिया—इरानीबीच आतंकवाद विरुद्धको आक्रमण तिब्र बनाउने प्रतिवद्धता


काठमाडौँ । सिरियाली राष्ट्रपति बसर अल–असदले इरानी विदेशमन्त्री अब्बास अराघचीसँगको भेटमा आतंकवादी सङ्गठनहरूसँग पूर्ण शक्ति र दृढताका साथ लडाईं जारी राख्न प्रतिवद्धता गरेका छन् । दमास्कसमा बोल्दै असदले सिरियाको विद्रोही विरुद्धको लडार्इंले राष्ट्रिय स्वार्थ मात्र नभई क्षेत्रीय स्थायित्वमा पनि काम गर्ने कुरामा जोड दिए । आतंकवादको सामना गर्नु, यसको संरचनालाई ध्वस्त पार्नु र यसको स्रोतहरू सुकाउनुले सम्पूर्ण क्षेत्रलाई फाइदा पु¥याउने बताएका छन् ।

सिरियाली राष्ट्रपतिले विदेशी समर्थित आतंकवादी हमलाहरूको सामना गर्न सहयोगीहरूको समर्थनको महत्वलाई प्रकाश पारेका छन् । अराघचीले सिरियाको क्षेत्रीय अखण्डताप्रति इरानको प्रतिवद्धता र चलिरहेको द्वन्द्वमा व्यापक समर्थन प्रदान गर्नको लागि आफ्नो तत्परतालाई पुनः पुष्टि गर्दै इरानी नेतृत्वबाट समर्थनको सन्देश दिए ।


प्रकाशित मिति: १७ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?