Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सोहेलको विकेट प्रेरणामा चितवन राइनोज विजयी


काठमाडौँ  ।  सोहेल तनभिरको पाँच विकेट प्रेरणामा चितवन राइनोजले पहिलो खेलमा जित निकालेको छ ।

टियु क्रिकेट मैदानमा चितवनले काठमाडौं गुर्खाजमाथि पाँच विकेटको जित निकाल्दै एनपिएलमा सुखद् शुरूवात गरेका हुन्   । ब्याटरले निकै संघर्ष गर्नुपरेको खेलमा काठमाडौंले ११२ रनको सामान्य लक्ष्य दिएका थिए  । जुन, लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गरे  । एक समय ८.५ मा ६८÷५ को अवस्थामा हुँदा चितवन पनि दबाबमा थिए  । तर अनुभवी ब्याटर शरद भेषावकर र युवा ब्याटर सन्तोषी कार्कीले सम्हालिएर खेल्दै १७ बलअगावै जित सुरक्षित गराए । यी दुईले छैटौं विकेटका लागि ४६ रनको साझेदारी गरे ।

सन्तोषले ३१ बलमा २८ रन र शरदले २१ बलमा ११ रन जोडे । सन्तोषको इनिङमा दुई चौका र एक छक्का रह्यो । कुशल मल्लको कप्तानीमा रहेको चितवनले आक्रमण शुरूवात गर्ने प्रयास गरेक थिए  । तर स्पिनर साहब आलमले दोस्रो ओभरमा नै दीपक बोहरालाई ७ रनमा एलबिडब्लु गर्दै काठमाडौंलाई राम्रो शुरूवात दिलाए । साहबले नै चौथो ओभरमा अर्का ओपनर हसन इसाखिललाई १२ रनमा आउट गरे । त्यसपछि ब्याटिङमा आएका कप्तान कुशल र लुक बेनकेन्सटेनले इनिङ अगाडि बढाउने प्रसाल गरे । तर जेरार्ड इरासमस सातौं ओभरमा लुकलाई २२ रनमा एलबिडब्लु गर्दै यो साझेदारी तोडे ।

लगत्तै अर्को ओभरमा कुशल पनि ११ रनमा नै पेभेलियन फर्किए । इङल्याण्ड अलराउण्डर रवि बोपाराले आक्रामक ब्याटिङ गर्ने प्रयास गरे । फेरि स्पिनर साहबले नै बोपारालाई ११ रनमा आउट गरे । यससककंगै चितवनका पाँच विकेटरो पतन भयो । तर, शरद र सन्तोषले समालिएर खेल्दै सहज जित दर्ता गरे । काठमाडौंको बलिङमा साहबले तीन तथा जेरार्ड र डान डाउथवेटले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ पाएको काठमाडौं गुर्खाजले निर्धारित २० ओभरमा १११ रनको सामान्य योगफल खडा गरे । पाकिस्तानका तिब्र गतिका बलर सोहेलसककंगै चितवनका बलिङसामु काठमाडौंका ब्याटर लामो समय क्रिजमा टिक्नै सकेन । काठमाडौंले दोस्रो ओभरमै ओपनर स्टेफन इस्किनाजीलाई २ रनमा गुमाए  । तर अर्का ओपनर मिकाइल लेभित र सुमित महर्जनले इनिङ समाल्ने प्रयास गरे । तनभिरले नै लेभितलाई २५ रनमा आउट गर्दै यो साझेदारी तोडे । उनले १६ बलमा चार चौका र एक छक्का हिर्काए । त्यसपछि सुमित क्रिजमा टिक्ने प्रयास गरे । उनले ४१ बलमा २९ रन जोडे । उनको इनिङमा एक चौका मात्र रह्यो । चितवनका कप्तान कुशलले जेरार्डलाई २ ४ रन र सोहेलले भीम सार्कीलाई १ रनमा आउट गर्दै काठमाडौंलाई ५.२ ओभरमा ३४÷४ को स्थितिमा पु¥याए । तर शंकर रानाले १६ रन र डान डाउथवेटले १९ रन जोड्दै इनिङ उकास्ने प्रयास गरे । अमर रौटेलाले शंकरलाई विकेटकिपर विपिन राउलबाट क्याच गराए । सोहेलले काठमाडौंका कप्तान करण केसी र साहबलाई समान १ रनमा पेभिलियन फर्काउककंदै सस्तैमा रोके । चितवनको बलिङमा सोहेलले ४ ओभरमा पाँच विकेट लिँदा रिजन ढकाल, कुशल, अमर र लुकको नाममा समान एक विकेट रह्यो ।


प्रकाशित मिति: १७ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?