Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

तथ्याङ्क कार्यालयद्वारा तथ्यगत विवरण अनलाइन डाटा पोर्टल सञ्चालनमा


काठमाडौँ। राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘एनएसओ डाटा पोर्टल’ सञ्चालनमा ल्याएको छ ।

कार्यालयले उत्पादन गर्ने तथ्याङ्कहरुलाई थप उपयोगी र परिस्कृत गर्ने उद्देश्यले कार्यालयले सोमवार एक समारोहका बीच पोर्टल सार्वजनिक गरेको हो । कार्यक्रमकाबीच तथ्याङ्क कार्यालयका सूचना अधिकारी मनोहर घिमिरेले ‘एनएसओ डाटा पोर्टल’को महत्व र उपयोगिताबारे जानकारी दिए । उनले कार्यालयले उत्पादन गरेका तथ्याङ्कहरुलाई थप उपयोगमैत्री बनाउन र प्रयोगकर्ताको सहज पहुँचका लागि पोर्टल सञ्चालनमा ल्याइएको बताए । उनले राष्ट्रिय तथ्याङ्क कार्यालय नेपालको तथ्याङ्कको केन्द्रिय निकाय भएको उल्लेख गर्दै कार्यालयले सार्वजनिक गर्ने तथ्याङ्क सत्य र वस्तुनिष्ठ हुनुपर्ने बताएका छन् ।

उनले भने, ‘राष्ट्रिय तथ्याङ्क कार्यालय नेपालको तथ्यांकको केन्द्रिय निकाय हो । यस कार्यालयले लामो समयदेखि विभिन्न किसिमका तथ्यांकहरु उत्पादन गर्दै आएको छ । आर्थिक सामाजिक वातारणीय लगायतका तथ्यांकहरु सार्वजनिक गर्दै आएको छ । तथ्यांकको महत्व तब मात्र हुन्छ जब यसको प्रयोग गरिन्छ । प्रयोग भएन भने त्यो तथ्यांक उत्पादनका लागि मात्र उत्पादन गरिन्छ । त्यसैले हामीले तथ्यांकको प्रयोगलाई बढाउनुपर्छ भन्ने मुख्य उद्देश्यले हामीले उत्पादन गरेका तथ्यांकहरु प्रयोगकर्ताहरु समक्ष सहज ढंगले पुगोस् भनेर यो पोर्टलको विकास गरिएको हो । पहिले पहिले रिपोर्टहरु पिडिएफ र एक्सेलमा राख्ने गरेका थियौं । त्यसमा सबैको पहुँच थिएन । त्यसैले पोर्टलको निर्माण गरेका हौं ।’

पोर्टलमा कार्यालयले उत्पादन गर्ने आर्थिक तथा सामाजिक क्षेत्रका तथ्याङ्कहरु सार्वजनिक गरिने उनले बताए ।


प्रकाशित मिति: १७ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?