Trending
>>   ‘राज्य संयन्त्र कमजोर हुँदा ग्रामिण भेगका अपाङ्गता भएका नागरिक संविधान प्रदत्त अधिकारबाट वञ्चित हुनुप¥यो’ >>   नेपालमा कुल घरपरिवारमध्ये १४ प्रतिशत घरपरिवारमा एक जना एकल महिला >>   तथ्याङ्क कार्यालयद्वारा तथ्यगत विवरण अनलाइन डाटा पोर्टल सञ्चालनमा >>   प्रधानमन्त्री ओली चीन प्रस्थान >>   सिरिया—इरानीबीच आतंकवाद विरुद्धको आक्रमण तिब्र बनाउने प्रतिवद्धता >>   हानी नोक्शानीको सवालमा कोप—२९ का निर्णयबाट उत्साहित हुने अवस्था छैन >>   इजिप्ट र सिरियाबीच उत्तर सिरियामा पछिल्लो तनावबारे छलफल >>   उत्तर पश्चिम पाकिस्तानमा साम्प्रदायिक हिंसामा १२४ जनाको मृत्यु >>   सिरियाली सेनाले भूभाग पुनः प्राप्त ग¥यो >>   गाजामा इजरायली आक्रमणमा ५४ जनाको मृत्यु
Logo
१७ मंसिर २०८१, सोमबार
१७ मंसिर २०८१, सोमबार

तथ्याङ्क कार्यालयद्वारा तथ्यगत विवरण अनलाइन डाटा पोर्टल सञ्चालनमा


काठमाडौँ। राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘एनएसओ डाटा पोर्टल’ सञ्चालनमा ल्याएको छ ।

कार्यालयले उत्पादन गर्ने तथ्याङ्कहरुलाई थप उपयोगी र परिस्कृत गर्ने उद्देश्यले कार्यालयले सोमवार एक समारोहका बीच पोर्टल सार्वजनिक गरेको हो । कार्यक्रमकाबीच तथ्याङ्क कार्यालयका सूचना अधिकारी मनोहर घिमिरेले ‘एनएसओ डाटा पोर्टल’को महत्व र उपयोगिताबारे जानकारी दिए । उनले कार्यालयले उत्पादन गरेका तथ्याङ्कहरुलाई थप उपयोगमैत्री बनाउन र प्रयोगकर्ताको सहज पहुँचका लागि पोर्टल सञ्चालनमा ल्याइएको बताए । उनले राष्ट्रिय तथ्याङ्क कार्यालय नेपालको तथ्याङ्कको केन्द्रिय निकाय भएको उल्लेख गर्दै कार्यालयले सार्वजनिक गर्ने तथ्याङ्क सत्य र वस्तुनिष्ठ हुनुपर्ने बताएका छन् ।

उनले भने, ‘राष्ट्रिय तथ्याङ्क कार्यालय नेपालको तथ्यांकको केन्द्रिय निकाय हो । यस कार्यालयले लामो समयदेखि विभिन्न किसिमका तथ्यांकहरु उत्पादन गर्दै आएको छ । आर्थिक सामाजिक वातारणीय लगायतका तथ्यांकहरु सार्वजनिक गर्दै आएको छ । तथ्यांकको महत्व तब मात्र हुन्छ जब यसको प्रयोग गरिन्छ । प्रयोग भएन भने त्यो तथ्यांक उत्पादनका लागि मात्र उत्पादन गरिन्छ । त्यसैले हामीले तथ्यांकको प्रयोगलाई बढाउनुपर्छ भन्ने मुख्य उद्देश्यले हामीले उत्पादन गरेका तथ्यांकहरु प्रयोगकर्ताहरु समक्ष सहज ढंगले पुगोस् भनेर यो पोर्टलको विकास गरिएको हो । पहिले पहिले रिपोर्टहरु पिडिएफ र एक्सेलमा राख्ने गरेका थियौं । त्यसमा सबैको पहुँच थिएन । त्यसैले पोर्टलको निर्माण गरेका हौं ।’

पोर्टलमा कार्यालयले उत्पादन गर्ने आर्थिक तथा सामाजिक क्षेत्रका तथ्याङ्कहरु सार्वजनिक गरिने उनले बताए ।


प्रकाशित मिति: १७ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?