Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

गाजामा इजरायली आक्रमणमा ५४ जनाको मृत्यु


काठमाडौँ । प्यालेस्टिनी स्रोतकाअनुसार इजरायली हवाई आक्रमणमा गाजामा पत्रकार र एक नागरिक सुरक्षा अधिकारीसहित ५४ जनाको मृत्यु भएको छ । दक्षिणी गाजामा इजरायली ड्रोनले खान युनिसको दक्षिणी भागमा रहेको किजान अल–नज्जर क्षेत्रमा एउटा गाडी र पिठो लिन पुगेका नागरिकहरुमाथि निशाना बनाइ आक्रमण गरेको थियो । उद्धारकर्मीहरूले मेडिकल टोलीले १२ जनाको शव निकालेको र घाइतेहरूलाई अस्पतालमा सारिएको जनाइएको छ ।

उत्तरी गाजामा बेइट लाहियाको ताल अल–जातार क्षेत्रमा विस्थापित मानिसहरूलाई आश्रय दिने अल–अराज परिवारको घरमा इजरायली हवाई आक्रमणमा ४० प्यालेस्टाइनीको मृत्यु भएको छ । सिभिल डिफेन्सले जबलिया शिविरमा आवासीय घरहरूलाई निशाना बनाएर इजरायली हवाई आक्रमणमा एक अधिकारीको मृत्यु भएको बताएका छन् । गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४४ हजार ३८२ पुगेको छ ।


प्रकाशित मिति: १७ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?