Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

गाजामा इजरायली आक्रमणमा ५४ जनाको मृत्यु


काठमाडौँ । प्यालेस्टिनी स्रोतकाअनुसार इजरायली हवाई आक्रमणमा गाजामा पत्रकार र एक नागरिक सुरक्षा अधिकारीसहित ५४ जनाको मृत्यु भएको छ । दक्षिणी गाजामा इजरायली ड्रोनले खान युनिसको दक्षिणी भागमा रहेको किजान अल–नज्जर क्षेत्रमा एउटा गाडी र पिठो लिन पुगेका नागरिकहरुमाथि निशाना बनाइ आक्रमण गरेको थियो । उद्धारकर्मीहरूले मेडिकल टोलीले १२ जनाको शव निकालेको र घाइतेहरूलाई अस्पतालमा सारिएको जनाइएको छ ।

उत्तरी गाजामा बेइट लाहियाको ताल अल–जातार क्षेत्रमा विस्थापित मानिसहरूलाई आश्रय दिने अल–अराज परिवारको घरमा इजरायली हवाई आक्रमणमा ४० प्यालेस्टाइनीको मृत्यु भएको छ । सिभिल डिफेन्सले जबलिया शिविरमा आवासीय घरहरूलाई निशाना बनाएर इजरायली हवाई आक्रमणमा एक अधिकारीको मृत्यु भएको बताएका छन् । गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४४ हजार ३८२ पुगेको छ ।


प्रकाशित मिति: १७ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?