Trending
>>   तथ्याङ्क कार्यालयद्वारा तथ्यगत विवरण अनलाइन डाटा पोर्टल सञ्चालनमा >>   प्रधानमन्त्री ओली चीन प्रस्थान >>   सिरिया—इरानीबीच आतंकवाद विरुद्धको आक्रमण तिब्र बनाउने प्रतिवद्धता >>   हानी नोक्शानीको सवालमा कोप—२९ का निर्णयबाट उत्साहित हुने अवस्था छैन >>   इजिप्ट र सिरियाबीच उत्तर सिरियामा पछिल्लो तनावबारे छलफल >>   उत्तर पश्चिम पाकिस्तानमा साम्प्रदायिक हिंसामा १२४ जनाको मृत्यु >>   सिरियाली सेनाले भूभाग पुनः प्राप्त ग¥यो >>   गाजामा इजरायली आक्रमणमा ५४ जनाको मृत्यु >>   सप्तरीको डाक्नेश्वरी-१ मा जसपाका धिरेन्द्र विजयी >>   रास्वपाले खोल्यो खाता,काठमाडौँ – १६ बाट रोजिना श्रेष्ठ विजयी
Logo
१७ मंसिर २०८१, सोमबार
१७ मंसिर २०८१, सोमबार

सिरिया—इरानीबीच आतंकवाद विरुद्धको आक्रमण तिब्र बनाउने प्रतिवद्धता


काठमाडौँ । सिरियाली राष्ट्रपति बसर अल–असदले इरानी विदेशमन्त्री अब्बास अराघचीसँगको भेटमा आतंकवादी सङ्गठनहरूसँग पूर्ण शक्ति र दृढताका साथ लडाईं जारी राख्न प्रतिवद्धता गरेका छन् । दमास्कसमा बोल्दै असदले सिरियाको विद्रोही विरुद्धको लडार्इंले राष्ट्रिय स्वार्थ मात्र नभई क्षेत्रीय स्थायित्वमा पनि काम गर्ने कुरामा जोड दिए । आतंकवादको सामना गर्नु, यसको संरचनालाई ध्वस्त पार्नु र यसको स्रोतहरू सुकाउनुले सम्पूर्ण क्षेत्रलाई फाइदा पु¥याउने बताएका छन् ।

सिरियाली राष्ट्रपतिले विदेशी समर्थित आतंकवादी हमलाहरूको सामना गर्न सहयोगीहरूको समर्थनको महत्वलाई प्रकाश पारेका छन् । अराघचीले सिरियाको क्षेत्रीय अखण्डताप्रति इरानको प्रतिवद्धता र चलिरहेको द्वन्द्वमा व्यापक समर्थन प्रदान गर्नको लागि आफ्नो तत्परतालाई पुनः पुष्टि गर्दै इरानी नेतृत्वबाट समर्थनको सन्देश दिए ।


प्रकाशित मिति: १७ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?