Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२८ माघ २०८२, बुधबार
२८ माघ २०८२, बुधबार

आज २०७९ साल चैत्र १४ गते मंगलबार, हेर्नुहोस् आजको राशीफल


आज २०७९ साल चैत्र १४ गते मंगलबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष : प्रेमीको सहयोग प्राप्त हुनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।

वृष: आँटेको र ताकेको कार्य पुरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापारमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

मिथुन : यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । चोटपटकको भयछ ।

कर्कट: लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

सिंह : रमाइलो यात्राको योग रहेको छ । धन खर्च हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला ।

कन्या : दैनिक कार्यमा प्रगती हुनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।कार्यमा सफलता मिल्नेछ ।

तुला: आर्थिक कारोवारमा मन्दी आउनेछ । मनमा दुविधा उत्पन्न होला । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

वृश्चिक : रमणीय र सुखद् यात्राको योग छ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । धार्मिक यात्राको योगछ ।

धनु: रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कार्यबाट अधिक सफलता मिल्नेछ ।

मकर : आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला ।साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

कुम्भ: आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आर्थिक कारोवारमा बिवाद आउनेछ । नजिक व्यक्तिबाट धोका पाईन सक्नेछ ।

मीन : आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बहुमुल्य वस्तु हात पर्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ ।


प्रकाशित मिति: १४ चैत्र २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?