आज मिति २०८१ साल मङ्सिर १३ गते बिहिबार (28 nov ,2024) मार्ग कृष्णपक्ष त्रयोदशी दिनरात
मेष – साथीभाईहरु बाट सहयोग हुदा मन प्रफुल्लित हुनेछ। व्यापारमा व्यवसायमा लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै नयाँ काम प्रारम्भ गर्ने समय छ। मन मिल्ने व्यक्तिबाट उपहार पाइने योग रहेको छ।मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।
बृष – नयाँकार्य आरम्भ गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ भने व्यापार व्यावसायमा थोरै समय दिदा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ। खोज तथा अनुशन्धानमा सकारात्मक नतिजा हात लगाउँन सकिने हुनाले शरिरका थप उर्जा पैदा हुनेछ। सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बर्चस्व कायम रहेनेछ।
मिथुन –आफन्त तथा मावली पक्षको सहयोग पाइने हुनाले कामहरु गर्न शरिरमा उर्जा पैदा हुनेछ। बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई हराउदै सकारात्मक नतिजा हात पार्न सकिनेछ। व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानी बाट यथेष्ट लाभ लिन सकिनेछ। अदालती निर्णयहरु तपार्ईँकै पक्षमा आउने भएको हुनाले न्याय पाएको अनुभुती हुनेछ।
कर्कट – नोकरीमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्नेछ भने सहयोग गर्ने कमै भेटिनेछन् । पहिले निर्णय भैसकेका मुद्दाहरु आईलाग्ने हुदा मानशिक तनाव बढ्नेछ । सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । माया प्रेममा आफ्नो मायालुसँग मनमुटाव बढ्नेछ ।
सिंह – आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ। नोकरीमा बढोत्तरी हुने योग रहेको छ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन्। व्यापार व्यावसायमा लगानी गरी मनग्गे नाफा कमाउन सकिनेछ। खोज तथा अनुसन्धानको क्षेत्रमा लगानी गर्नेहरु सफल रुपमा स्थापित हुनेछन्। गीत सङ्गीतमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेको छ।
कन्या – पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ। सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन्। दाजुभाइ तथा छिमेकी हरुसँगको सम्बन्धमा सुधार भएर जानेछ। छोटो तथा रमाईलो यात्रा हुनसक्छ। उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ। माया प्रेममा सामिप्यता बढेर जानेछ। लेखन, कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ।
तुला – माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीच विश्वासको वातावरण बढेर जानेछ। नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ। दाजुभाइ वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ। विद्यामा राम्रो प्रगती हुनाले पढाइ लेखाइमा मन जानेछ। विभिन्न अवसरहरुले पछ्याउने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ। सरकारी सम्पत्ति तथा पैत्रिक सम्पत्ति हात लागी हुने प्रशस्त सम्भावना रहेको छ।
बृश्चिक – हतार गर्ने बानीले अनावश्यक विवादमा फस्ने योग रहेको छ। पढाइ लेखाइमा अरुभन्दा पछी परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला, काममा बाधा तथा दुःख दिनेहरु सक्रिय हुनेछन्। मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान दिनुहोला। व्यावसायमा भने जस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ। आफ्ना कमजोरीहरु भरसक लुकाउने प्रयास गर्नुहोला, अरुले आलोचना गर्न सक्छन्।
धनु – घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोग मार्फत् आम्दानी बढाउन सकिनेछ । नयाँ प्रकृतिको काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पत्ति परिचालन गरी आम्दानीका बाटाहरु फराकिला बनाउन सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । माया प्रेममा सामिप्यता बढेर जाने योग रहेको छ ।
मकर – राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै मिहिनेत गर्नुपर्ला । काममा खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । पढाइ लेखाइमा अल्छी गर्नाले अरुभन्दा पछि परिनेछ । मायाप्रेममा अविस्वास बढ्नेछ । बुवा वा बुवासरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउनेछ ।
कुम्भ – कामहरु स्वत स्फूर्त रुपमा अगाडी बढ्नेछन् । व्यापार व्यवासाय फस्टाएर जाने तथा नयाँ प्रकृतिको व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुका साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजनमा साथ रमाईलो गरी समय कटाउन सकिनेछ ।
मीन – काम गर्दा ख्याल गर्नुहोला, सुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी गरे पनि आम्दानी नहुने हुनाले दैनिक गुजार ऋण लिएर चलाउनु पर्ने बाध्यता आउनेछ । प्रणय सम्बन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवन साथीको सहयोग नपाउँदा कामहरु थाती रहनेछन् । पढार्इ लेखाइ अधुरै रहने तथा नतिजा अरुतिर जानेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला, अप्रिय घटना घटित हुनसक्छ ।
राशिफलमा जे जस्तो भए पनि तपाई को दिन सुखमय रहोस्। शुभदिन ।।
प्रकाशित मिति: १३ मंसिर २०८१, बिहीबार