Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

अर्थोपेडिक अस्पतालमा डा भण्डारी


गैरनाफामूलक च्यारिटीका रुपमा स्थापना भई नेपालमा हाडजोर्नीका बिरामीको सेवा गर्दै आएको जोरपाटीस्थित नेपाल अर्थाेपेडिक अस्पतालको मेडिकल डाइरेक्टरमा डा कैलाशकुमार भण्डारी नियुक्त हुनुभएको छ ।

हाडजोर्नीसम्बन्धी रोगका विशेषज्ञ डा भण्डारी सोही अस्पतालमा २० वर्षदेखि कार्यरत हुनुहुन्छ । डा युवराज खरेलको कार्यकाल सकिएपछि डा भण्डारी आगामी तीन वर्षका लागि सो पदमा शुक्रबार नियुक्त हुनुभएको अस्पतालले जानकारी दिएको छ । सन् १९९८ मा खगेन्द्र नवजीवन केन्द्रका नाममा स्थापना भएको यस अस्पताल सो केन्द्र र रोटरी इन्टरनेशनलले च्यारिटीका रुपमा स्थापना गरेका थिए । यस अस्प्तालले त्यसयता नेपालका हाडजोर्नीसम्बन्धी समस्याका बिरामीलाई सेवा प्रदान गर्दै आएको छ ।

गरिब, निम्न आय भएका तथा असहाय बिरामीलाई निःशुल्क तथा सहुलियत शुल्कमा उपचार सेवा प्रदान गर्दै आएको यो अस्पतालले ट्रमा र अर्थोसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । एक सय शय्या रहेको यस अस्पतालमा हाल १९ जना विशेषज्ञ चिकित्सक रहेका छन् ।


प्रकाशित मिति: २३ पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?