Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

के हो थाइराइड , कसरी थाहा पाउने ? (लक्षणसहित)


एजेन्सी । यो घाँटीको अगाडीको भागमा रुद्रघण्टीको ठिक तल रहेको एउटा ग्रन्थी हो। यसले थाइराइड हर्मोन उत्पादन गर्ने काम गर्दछ। थाइराइड हर्मोनले आवश्यकता भन्दा बढी र कम हर्मोन उत्पादन गर्दा हाम्रो शरीरलाई असर गर्छ यसलाई नै थाइराइड रोग भनिन्छ। थाइराइड रोग लाग्दा हर्मोन बढी वा कम उत्पादन हुने समस्या हुन्छ । हर्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र कम हुनुलाई हाइपो थाइराइडिज्म भनिन्छ ।

थाइराइड ग्रन्थीले शरीरको मेटाबोलिज्म (खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया) लाई नियन्त्रण गर्छ । यसलेनै शरीरको मोटोपन , दुब्लोपन हुने, तापक्रम मिलाउने, भित्रको आन्तरिक व्यवस्थापन मिलाउने कार्य गर्दछ।

थाइराइड हर्माेन कम हुँदा वा बढी हुदा देखिने लक्षण :

तौल अनावश्यक रूपमा भद्दा हुने वा दुब्लाउने, आवाजमा धोद्रोपन आउने, शरीरका गोडा सुनिने फुलिने, कपाल खस्ने, मानसिक रोगी जस्तो डिप्रेसन भएर जाने, प्रेसर कम भएर जाने, कमजोर मनोबल देखिने,कपाल झर्न सक्छ, जिउ चिसो भएर आउने, निन्द्रा बढी लागेजस्तो झुम्म हुने हुन्छ, पसिना बढी आउने, निन्द्रा नपर्ने , ज्वरो आए जस्तो हुने, पखाला बढी लाग्ने, शरीर गल्नु , पुरुषहरूमा वीर्य कम हुनुको साथै यौनइच्छामा कमी आउनु ,घाँटी दुख्नु, कसैलाई भोक धेरै लाग्छ भने कसैलाई खाना अरुची हुन्छ, आलस्य हुनु, थकाई लाग्नु ,महिलाहरूमा गर्भ नबस्नु ,गर्भ खेर जानु, महिनावारी गडबढ हुने जस्ता समस्या आउन सक्छ।

एजेन्सीको सहयोगमा


प्रकाशित मिति: २८ कार्तिक २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?