Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

के हो थाइराइड , कसरी थाहा पाउने ? (लक्षणसहित)


एजेन्सी । यो घाँटीको अगाडीको भागमा रुद्रघण्टीको ठिक तल रहेको एउटा ग्रन्थी हो। यसले थाइराइड हर्मोन उत्पादन गर्ने काम गर्दछ। थाइराइड हर्मोनले आवश्यकता भन्दा बढी र कम हर्मोन उत्पादन गर्दा हाम्रो शरीरलाई असर गर्छ यसलाई नै थाइराइड रोग भनिन्छ। थाइराइड रोग लाग्दा हर्मोन बढी वा कम उत्पादन हुने समस्या हुन्छ । हर्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र कम हुनुलाई हाइपो थाइराइडिज्म भनिन्छ ।

थाइराइड ग्रन्थीले शरीरको मेटाबोलिज्म (खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया) लाई नियन्त्रण गर्छ । यसलेनै शरीरको मोटोपन , दुब्लोपन हुने, तापक्रम मिलाउने, भित्रको आन्तरिक व्यवस्थापन मिलाउने कार्य गर्दछ।

थाइराइड हर्माेन कम हुँदा वा बढी हुदा देखिने लक्षण :

तौल अनावश्यक रूपमा भद्दा हुने वा दुब्लाउने, आवाजमा धोद्रोपन आउने, शरीरका गोडा सुनिने फुलिने, कपाल खस्ने, मानसिक रोगी जस्तो डिप्रेसन भएर जाने, प्रेसर कम भएर जाने, कमजोर मनोबल देखिने,कपाल झर्न सक्छ, जिउ चिसो भएर आउने, निन्द्रा बढी लागेजस्तो झुम्म हुने हुन्छ, पसिना बढी आउने, निन्द्रा नपर्ने , ज्वरो आए जस्तो हुने, पखाला बढी लाग्ने, शरीर गल्नु , पुरुषहरूमा वीर्य कम हुनुको साथै यौनइच्छामा कमी आउनु ,घाँटी दुख्नु, कसैलाई भोक धेरै लाग्छ भने कसैलाई खाना अरुची हुन्छ, आलस्य हुनु, थकाई लाग्नु ,महिलाहरूमा गर्भ नबस्नु ,गर्भ खेर जानु, महिनावारी गडबढ हुने जस्ता समस्या आउन सक्छ।

एजेन्सीको सहयोगमा


प्रकाशित मिति: २८ कार्तिक २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?