Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

ज्येष्ठ नागरिक प्रतिष्ठानलाई विदुर र बेलकोटगढीको सहयोग


नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटको ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान सञ्चालनको लागि यहाँको दुईवटा नगरपालिकाले रु १६ लाख सहयोग गरेका छन् । जिल्लाको बेलकोटगढी नगरपालिकाले शुक्रबार रु पाँच लाखको चेक हस्तान्तरण गरेको छ । विदुर नगरपालिकाले बजेट विनियोजन गरिएकाले हस्तान्तरणको प्रक्रियामा रहेको जनाएको छ ।

बेलकोटगढी नगरपालिका नगरप्रमुख जगतबहादुर गुरुङ र उपप्रमुख शिवप्रसाद दाहालले प्रतिष्ठानमा आश्रित ज्येष्ठ नागरिकको दैनिक जीवनयापनसहित उहाँहरुको हेरचाह, स्याहारसुसार तथा स्वास्थ्योपचारका लागि रु पाचलाख हस्तान्तरण गरिएको जानकारी दिनुभयो । बेलकोटगढीको तर्फबाट प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपाललाई चेक हस्तान्तरण गरेसगैँ उपप्रमुख शिव दाहालले आफूले उपप्रमुखको रुपमा पाउने पारिश्रमिक तथा भत्ता अन्तरगत एक महिनाको सुविधाबापतको प्राप्त रकमसमेत प्रतिष्ठानको लागि उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । पाँच वर्षअघिदेखि सामाजिक संस्थाको रुपमा सञ्चालित उक्त प्रतिष्ठानमा नुवाकोटसहित देशभरका ३५ जना ज्येष्ठ नागरिक आश्रित छन् । उनीहरुको हेरचाहमा सहयोगको लागी यहाँको विदुर नगरपालिकाले रु ११ लाख सहयोग उपलब्ध गराउन लागेको हो । जिल्लाको दुवै नगरपालिकाले संयुक्तरुपमा सहयोग गर्ने तयारी गरेर बजेटको स्रोत सुनिश्चित भए पनि आवश्यक कागजात अपुग भएका कारण विदुरले सहयोग रकम आगामी साता उपलब्ध गराउने विदुरका नगरप्रमुख राजन श्रेष्ठले प्रतिबद्धता जनाउनुभयो । ज्येष्ठ नागरिक संरक्षणप्रति चासो दिएका यहाँका दुवै नगरपालिकाले संयुक्तरुपमा प्रतिष्ठानको लागि सहयोगसहित आ–आफ्नो पालिकामा वडास्तरीय ज्येष्ठ नागरिक दिवा आश्रयस्थल बनाउने लक्ष्य लिएका छन् ।

उक्त दिवा आश्रयस्थलमा धार्मिक गतिविधि सञ्चालन गर्न वाद्यवादन, धार्मिक ग्रन्ध सहित टेलिभिजन, इन्टरनेट, खाजाको प्रबन्ध मिलाइने विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । सामाजिक सुरक्षा भत्ता वितरणको कार्यक्रमलाई लक्षित गर्दै घरघरमा चिकित्सकसहितको टोलीबाट ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श सेवा अहिले पनि दुवै नगरपालिकाले सञ्चालन गर्दै आइरहेका छन् ।


प्रकाशित मिति: २३ पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?