Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

शीतभण्डार सञ्चालनपछि किसान हर्षित


तेह्रथुमको सदरमुकाम म्याङ्लुङमा शीतभण्डार सञ्चालनमा आएको छ । कृषकले उत्पादन गरेका मौसमी फलफूल, तरकारी भण्डारण गरी बेमौसममा राम्रो मूल्यमा बिक्री गर्न सकुन् भन्ने उद्देश्यले शीतभण्डार सञ्चालनमा आएको हो । तेह्रथुममा शीतभण्डार नहुँदा बिक्री नभएका तरकारी तथा फलफूल खेर जाने गरेका थिए । म्याङ्लुङ नगरपालिका–९ साब्लामा एक हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भएसँगै किसान उत्साही बनेका छन् ।

यहाँका किसानले वर्षौंदेखि भोग्दै आएको समस्या समाधान गर्न प्रदेश सरकारको सहयोगमा कियाचु सहकारी संस्थाले जिल्लामै पहिलोपटक शीतभण्डार सञ्चालनमा ल्याएको हो । साब्लामा शीतभण्डार बनेपछि किसानलाई राहत मिलेको कियाचु सहकारी संस्थाका उपाध्यक्ष टङ्कमाया लिम्बुले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “अहिले हामी नै किसानको घरघरमा गएर फलफूल किनेर ल्याएर स्टोर गरेका छौँ ।” अरु किसानले पनि बिस्तारै कृषि उपज ल्याउन थालेका छन् । तेह्रथुमका छ पालिकामध्ये म्याङ्लुङ नगरपालिका र फेदाप गाउँपालिका किसानले सुन्तला बढी स्टोरमा ल्याउने गरेको टङ्कमाया लिम्बूले बताउनुभयो । सहकारीले अहिले तेह्रथुमका सुन्तला खरिद गरी तराईका जिल्लामा निर्यात गरिरहेको छ । तेह्रथुममा शीतभण्डार बनेपछि यहाँका सुन्तला कुहिने र बिक्री नहुने समस्या समाधान भएको किसान होमबहादुर खापुङले बताउनुभयो । कृषकका बारीमा नै गएर सहकारीले उचित मूल्यमा सुन्तला खरिद गरी एक मुष्ट पैसा पाउँदा खुसी लागेको अर्का किसान अम्बिका कार्कीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “पहिले पहिले सुन्तला डोकोमा बोकेर बजार लग्नु पर्थो, दिनभरमा एक डोको बेच्न गाह्रो पथ्र्यो तर अहिले घरमै बेच्न पाएका छौँ, समय र श्रमको बचत भएको छ ।” तेह्रथुममा छ सय १६ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ । जिल्लाको छवटै गाउँपालिकाको ग्रामीण क्षेत्रमा किसानले सुन्तला उत्पादन गर्दै आएका छन् ।

तेह्रथुममा वार्षिक तीन हजार आठ सय ८० मेट्रिक टन सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । गत वर्षको तुलना यस वर्ष उत्पादन बढ्ने ज्ञानकेन्द्रको अनुमान छ । जिल्लामा उत्पादन हुने लाखौँको तरकारी र फलफूल खेर जाने तथा अन्य समयमा जिल्ला बाहिरबाट आयात हुने अवस्था थियो ।


प्रकाशित मिति: २३ पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?