Trending
>>   नयाँ भूमि समस्या समाधान आयोग गठन >>   कुलमानलाई हटाउने बिषयमा मन्त्रिपरिषद्को यस्ताे निर्णय >>   पुस्तकालय हाेइन आइडिया सेन्टर >>   भाइटीकाकै दिन वर्षाको पूर्वानुमान ! >>   कुलमानलाई हटाउन सिंहदरबारमा मन्त्रिपरिषद् बैठक ! >>   सशस्त्रलाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाएर अन्तर्राष्ट्रिय मापदण्डसहितको बीओपी बनाँउछाैः गृहमन्त्री >>   राप्रपाबाट कीर्तिपुरको मेयरमा ध्रुव महर्जन उम्मेदवार >>   भाइटीकाको शुभ साइत आइतबार ११:३७ बजे >>   ठगी आरोपमा मलेसियन नागरिकसहित चार जना पक्राउ >>   खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना
Logo
१४ कार्तिक २०८१, बुधबार
१४ कार्तिक २०८१, बुधबार

बाढीले निजी क्षेत्रका १८ बढी जलविद्युत आयोजनामा क्षति, १ अर्ब बढीको नोक्शानी


काठमाडौँ । दुई दिन यताको अविरल वर्षाका कारण खोला तथा नदीमा आएको बाढीले निजी क्षेत्रका १८ वटा भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुगेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले बाढीको कारण १८ बढी आयोजनामा क्षति पुगेको बताएको हो । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले इप्पानलाई प्राप्त जानकारीअनुसार १८ बढी आयोजनाहरुमा क्षति भएको बताएका छन् । उनले विगतको भन्दा फरक र ठूलो बाढी आएको कारण पनि जलविद्युत आयोजनाहरुमा बढी क्षति भएको र काठमाडौं उपत्यकाभित्रै पनि धेरै जनधनको क्षति भएको बताएका छन् ।

उनले अहिलेसम्म १७ देखि १८ आयोजनाहरुमा क्षति भएको बताउदै उनले जलविद्युत आयोजनाको पावर हाउस,हेडवक्स र सामानहरु बगाउनुका साथै सडक पूर्वाधारबाट विच्छेद भएको बताएका छन् । उनले बाढीको कारण कुनै आयोजनामा धेरै क्षति नभए पनि आयोजना जाने पहुँच मार्ग बन्न ६ महिना लाग्नेगरी क्षति भएको उल्लेख गरेदे उनले धेरै जलविद्युत आयोजनाहरु लागत बढ्ने र समयमा सम्पन्न हुन नसक्ने अवस्थामा पुगेको बताएका छन् । सरकारले विगतमा निजी क्षेत्रलाई दिएका सहुलियतहरुलाई निरन्तरता दिँँदै जलविद्युत व्यवसायीहरुलाई राहत दिन जरुरी रहेको बताएका छन् ।

अध्यक्ष कार्कीले आयोजनाको समय लम्बिएर आयोजना लागत वृद्धि हुने भएकाले व्यवसायीहरु माथि उठ्न नसक्ने अवस्थामा पुग्ने दाबी गर्दै उनले उर्जा व्यवसायीहरुलाई सरकारले भन्सार तथा करमा सहुलियत दिन र सरकारसँग व्यापारिक उत्पादन मिति थप गर्न जरुरी रहेको ,बाढीमा क्षति पुगेका आयोजनाका लागि ल्याइने समानमा राज्यले लगाएको २८ प्रतिशत कर घटाउन माग गरेका छन्। उनले गत वर्ष पनि ३१ वटा आयोजनाहरुमा क्षति भएको उल्लेख गर्दै भएका आयोजनाहरुमा सरकारले राहत र भ्याट छुट दिने भनेपनि एक वर्ष पूरा नहुँदै फेरि बाढीले क्षति गरेकोले फेरी सरकारले निजी क्षेत्रका जलविद्युतलाई तत्काल माथि उठ्नेगरी सहुलियत र छुटको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष कार्कीले भने,‘विगतको भन्दा फरक र ठूलो बाढी आयो । काठमाडौं उपत्यकाभित्रै धेरै जनधनको समेत क्षति भएको छ । हामीले धेरै आयोजनाहरुसँग समन्वय गर्न खोजेका छौं । अहिलेसम्म १७ देखि १८ आयोजनाहरुमा क्षति भएको कुरा जानकारीमा आएको छ । आयोजनामा दुई खालका क्षति भएका छन् । जलविद्युत आयोजनाको पावर हाउस,हेडवक्र्स,सामानहरु बगाएको छ । कुनै आयोजनामा धेरै क्षति भएको छैन तर आयोजना जाने पहँुच मार्ग टुटेको छ । पहुँच मार्ग बनाएर आयोजना पुग्नसक्ने अवस्था छैन । त्यो बनाउनका ६ महिना लाग्नसक्छ । त्यसले त्यस्ता आयोजनाहरु लागत बढ्ने र सम्पन्न हुन नसक्ने अवस्थामा पुग्ने हुन्छ । धेरै जसो आयोजनाहरु डुबानमा परेका छन् । बाढीले जलविद्युत आयोजनामा धेरै खालका असर पर्ने भएको छ । आयोजनाको समय लम्बिएर आयोजना लागत वृद्धि हुने भयो । नयाँ सामान ल्याएर स्टोर गरेका डुबाउने,बगाउने काम गरेको छ । त्यस्ता समान फेरि ल्याउनुपर्ने भयो । आयोजनाको व्यापारीक उत्पादन मिती तोकिएको हुन्छ । तर केही समय अघिदेखि समयमा उत्पादन दिन सकेका छैनन् । त्यो कारण बाढी हो । धेरै आयोजनाहरुको समय थप हुनुपर्छ । बगाएका पुल बन्नुपर्छ । बाढीमा क्षति पुगेका आयोजनाहरुको लागि ल्याउने समानमा राज्यले कर लगाउनु हुँदैन । सरकारले अहिले २८ प्रतिशत कर लगाउने काम भएको छ । गत वर्ष पनि ३१ वटा आयोजनाहरुमा क्षति भएको थियो । सरकारले राहत र भ्याट छुट दिने कुरा भएपनि एक वर्ष पूरा नहुँदै फेरि बाढी आएको छ । सरकारले निजी क्षेत्रका जलविद्युतलाई तत्काल माथि उठ्ने गरी सहुलियत र छुटको व्यवस्था गर्नु जरुरी छ । आयोजनाहरुको डिजाइनको कारण क्षति पुगेको छैन । प्राय सबै प्राकृतिक विपतिकै कारण देखिएका छन् । कति रकम बराबरको क्षति भयो मूल्याङ्कन गरिरहेका छौं । २० आयोजनाको क्षति भएको छ । त्यसमा एक अर्ब बढीको क्षति भएको अनुमान छ ।’

बाढीले मान्डु हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको वागमती साना जलविद्युत आयोजना, २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना प्रभावित भएको छ ।पाँचथरमा रहेको तल्लो हेवाखोला जलविद्युत आयोजनामा गत वर्षको बाढीबाट पनि प्रभावित भएको थियो । यो पटक पनि पावर हाउस डुबानमा परेको छ । पाँचथर पावरद्वारा प्रवद्र्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजनामा क्षति पुगेको छ । गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त भएको हो ।

साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजनाको हेडवक्र्समा क्षति पुगेको छ । सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजनाको बाँध र टेलरेसमा क्षति पुगेको छ । सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजनाको बाँध र प्रशारणलाइनमा क्षति पुगेको छ ।

फेमे खोला जलविद्युत आयोजना (१ मेगावाट) को बाँध र विद्युतगृह पूणर्रुपमा क्षति पुगेको छ । सिउरीखोला जलविद्युत आयोजना (५ मेगावाट) को टेलरेस, इन्टेक र टनेलमा क्षति पुगेको छ । सुपरन्यादी जलविद्युत आयोजना (४० मेगावाट) को पहुँचमार्गमा क्षति पुगेको छ । इलेप खोला तातोपानी जलविद्युत आयोजना (२५ मेगावाट) को पहुँच मार्गमा ठूलो क्षति पुगेको छ ।

माथिल्लो त्रिशुली १ जलविद्युत आयोजना (२१६ मेगावाट)को क्याम्प हाउस र पहुँच मार्गमा क्षति पुगेको छ । आयोजनाको ३ वटा कन्टेनर बगाएको छ । हेवाखोला जलविद्युत आयोजना (१० मेगावाट)को पहुँचमार्गमा क्षति पुगेको छ । सभाखोला बी जलविद्युत आयोजना (१५.१ मेगावाट) पहुँचमार्ग,पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको छ । सुपर त्रिशुली जलविद्युत आयोजना ( १०० मेगावाट) को २ वटा स्काभेटर,२ वटा लोडर र ३ वटा ट्रिपर बगाएको इप्पानले बताएको छ ।


प्रकाशित मिति: १३ आश्विन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?