Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

हुम्लाको स्वास्थ्यचौकीलाई ल्यापटप सहयोग


हुम्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले मातहातमाका स्वास्थ्यचौकीलाई ल्यापटप र ट्याब उपलब्ध गराएको छ । ल्यापटप र ट्याबको प्रयोगबाट स्वास्थ्यचौकीबाट प्रदान हुने सबै सेवामा रिपोर्टिङ गर्न सहज हुने सिमकोट गाउँपालिका–७ डाँडाफया स्वास्थ्यचौकीका संयोजक सन्तोष बोहराले बताउनुभयो ।

स्वास्थ्यचौकीबाट प्रदान हुने सबै प्रकारका सेवाको रिपोर्टिङ अनलाइनबाट गर्नुपर्ने भएकाले ल्यापटप अनिवार्य भएका बेला स्वास्थ्यचौकीलाई यी सामान उपलब्ध हुँदा अब जतिबेला र जुुन स्थानबाट पनि रिपोर्टिङ गर्न सकिने उहाँको भनाइ थियोे । उक्त स्वास्थ्यचौकीले एक/एक थान ल्यापटप र ट्याब पाएको गाउँपालिका स्वास्थ्य संयोजक नर भण्डारीले बताउनुभयो । स्वास्थ्यचौकीले आफ्नो प्रगति विवरण कम्प्युुटरमा प्रविष्ट गरेर अनलाइनबाट रिपोर्टिङ गर्नुपर्ने भएकाले स्वास्थ्यचौकीका संयोजकलाई ल्यापटप र ट्याबलेट उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । पालिकामा रहेका ठेहे, बरगाउँ, डाँडाफया र स्याँडा स्वास्थ्यचौकीलाई आठवटा ल्यापटप र ट्याब प्रदान गरिएको हो । यसअघि ल्यापटप नहुँदा दैनिक तथा मासिक रिपोर्टिङ गर्न स्वास्थ्यचौकीलाई कठिन हुँदै आएको थियो ।

उक्त गाउँपालिकाका सबै स्वास्थ्यचौकीमा इन्टरनेट सेवासमेत जडान भइसकेको छ । त्यसैगरी, स्वास्थ्य शाखाले १३ नर्सिङका स्वास्थ्यकर्मीलाई एक एक थान, झोला र टचलाइट पनि प्रदान गरेको थियो ।


प्रकाशित मिति: २२ पुष २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?