Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

पुस्तकालय ऐन आवश्यक भइसक्यो : शिक्षामन्त्री भट्टराई


काठमान्डौ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पुस्तकालय ऐन आवश्यक भइसकेको बताएकी छिन् ।

शनिवार काठमाडौंमा सत्रौं पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनलेपुस्तकालयलाई व्यवस्थित गर्न,राज्य र पुस्तकालय बीचको सम्बन्ध स्थापित गर्न ऐन आवश्यक भएको बताईन् ।

शिक्षा मन्त्रि भट्टराईले सरकारले अहिले पुस्तक नीति प्रारम्भिक मस्यौदा तयार पारिसकेको र त्यसलाई व्यवस्थित बनाउन अझै केही छलफल आवश्यक रहेको बताइन् । उनले पुस्तकालय सम्बन्धी नीति, केही ऐन कानून र केही व्यवहारिक कुराहरु गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताउदै उनले नयाँ किसिमको पुस्तकालयको अवधारणामा सरकारले काम गरिरहेको पनि बताइन्। उनले इ. लाइबेरीको विकास गर्नुपर्नेमा पनि जोड दिएकी छिन।

उनले भनिन, ‘हामीले पुस्तक नीति प्रारम्भिक मस्यौदा तयार गरेका छौँ । तर अझै त्यसलाई व्यवस्थित गरेर कसरी अघि बढ्ने भन्ने सन्दर्भमा यहाँहरुसँग छलफल गरेर हघि बढ्नेछौँ । पुस्तकालय नीतिमात्रै होइन, हामीसँग ०६४ सालमा बनेको पुस्तकालय नीति त छ । त्यसलाई आजको सन्दर्भमा परिमार्जन गरी कसरी लागू गर्ने भन्ने सन्दर्भमा पनि हामीले छलफल गर्नुपर्नेछ । अब हामीलाई पुस्तकालय ऐन नै आवश्यक छ । किनभने त्यसलाई व्यवस्थित गर्नका लागि र राज्य र पुस्तकालय बीचको सम्बन्ध स्थापित गर्न ऐन आवश्यक छ । किनभने हामी संघीय शासन व्यवस्थामा छौँ । तीन तहको राज्य संरचनाको समन्वय र सहकार्यलाई पनि अघि बढाउनु पर्छ । पुस्तकालय भन्नेकुरा पुस्तकमा मात्रै सिमित छैन । हामीसँग हरेकसँग स्मार्ट फोन छ । इ.लाइबेरीको विकास गर्नुपर्छ ।’

मन्त्री भट्टराईले पुस्तकालयमा लगाइएको लगानीको व्यवस्थित सदुपयोग गर्नका लागि पनि नीति नियमको आवश्यकता रहेको बताएकी छिन्।


प्रकाशित मिति: १५ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?