Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

पुस्तकालय ऐन आवश्यक भइसक्यो : शिक्षामन्त्री भट्टराई


काठमान्डौ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पुस्तकालय ऐन आवश्यक भइसकेको बताएकी छिन् ।

शनिवार काठमाडौंमा सत्रौं पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनलेपुस्तकालयलाई व्यवस्थित गर्न,राज्य र पुस्तकालय बीचको सम्बन्ध स्थापित गर्न ऐन आवश्यक भएको बताईन् ।

शिक्षा मन्त्रि भट्टराईले सरकारले अहिले पुस्तक नीति प्रारम्भिक मस्यौदा तयार पारिसकेको र त्यसलाई व्यवस्थित बनाउन अझै केही छलफल आवश्यक रहेको बताइन् । उनले पुस्तकालय सम्बन्धी नीति, केही ऐन कानून र केही व्यवहारिक कुराहरु गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताउदै उनले नयाँ किसिमको पुस्तकालयको अवधारणामा सरकारले काम गरिरहेको पनि बताइन्। उनले इ. लाइबेरीको विकास गर्नुपर्नेमा पनि जोड दिएकी छिन।

उनले भनिन, ‘हामीले पुस्तक नीति प्रारम्भिक मस्यौदा तयार गरेका छौँ । तर अझै त्यसलाई व्यवस्थित गरेर कसरी अघि बढ्ने भन्ने सन्दर्भमा यहाँहरुसँग छलफल गरेर हघि बढ्नेछौँ । पुस्तकालय नीतिमात्रै होइन, हामीसँग ०६४ सालमा बनेको पुस्तकालय नीति त छ । त्यसलाई आजको सन्दर्भमा परिमार्जन गरी कसरी लागू गर्ने भन्ने सन्दर्भमा पनि हामीले छलफल गर्नुपर्नेछ । अब हामीलाई पुस्तकालय ऐन नै आवश्यक छ । किनभने त्यसलाई व्यवस्थित गर्नका लागि र राज्य र पुस्तकालय बीचको सम्बन्ध स्थापित गर्न ऐन आवश्यक छ । किनभने हामी संघीय शासन व्यवस्थामा छौँ । तीन तहको राज्य संरचनाको समन्वय र सहकार्यलाई पनि अघि बढाउनु पर्छ । पुस्तकालय भन्नेकुरा पुस्तकमा मात्रै सिमित छैन । हामीसँग हरेकसँग स्मार्ट फोन छ । इ.लाइबेरीको विकास गर्नुपर्छ ।’

मन्त्री भट्टराईले पुस्तकालयमा लगाइएको लगानीको व्यवस्थित सदुपयोग गर्नका लागि पनि नीति नियमको आवश्यकता रहेको बताएकी छिन्।


प्रकाशित मिति: १५ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?